माइलेज बढाउन नयाँ सेलेरियोमा गरिएका छन यस्ता परिबर्तन

मारुती सुजुकीको निकै नै लोकप्रिय ह्याचब्याक सेलेरियोको नयाँ मोडल नेपाल आइपुगेको छ । सार्बजनिक हुनु केही समयअघि देखीनै बुकिङ खुल्ला गरिएको यो कार उच्च माइलेजका कारण चर्चामा रहँदै आएको छ । अटोमोटिभ रिसर्च एसोसियसन अफ इन्डियाले(एआरएआई) ले गरेको माइलेज टेष्टमा यो नयाँ कारले प्रतिलिटर इन्धन खपतमा २६.६८ किलोमिटर माइलेज प्रदान गरेको दाबी गरिएको छ । जुन हाल आकाशिंदै गएको पेट्रोलको मूल्यका कारण निराश बन्दै गएका कार प्रयोगकर्ताका लागि सुखद समचार समेत हो ।

सामन्यत २ सय सिसी माथीका मोटरसाइकल र केही चल्तिका स्कुटरले समेत ३० किलोमिटर माथी माइलेज दिन हम्मेहम्मे परिरहेको सन्दर्भमा सेलेरियोले दिने यो माइलेजका कारण कार पारखीको झुकाव सेलेरियोमा बढ्ने देखिन्छ । सुजुकीका प्राय सबैजसो कार माइलेजको मामलामा सेग्मेन्टकै उत्कृष्ट ठहरिन्छन् । जसका कारण नेपाल र भारतमा यो ब्रान्डको बजार प्यासेन्जर कार सेग्मेन्टमा अग्र स्थानमा रहँदै आएको छ ।

नयाँ सेलेरियोले प्रदान गर्ने माइलेज यत्ति धेरै हुनुका पछाडी यसमा प्रयोग गरिएको नेक्स्ट जेन १.० लिटर के१० इन्जिन र अटोमेटिक गियर सिफ्ट ट्रान्समिसनले प्रमुख भुमिका खेलेको कम्पनीको भनाई छ । यो इन्जिनको प्रमुख बिशेषता भनेको इन्जिनभित्र हुने घर्षण कम गर्नु र कम्बस्टन लगायत अन्य इफिसेन्सिी बढाउनु हो ।

साथै यसमा डुअल इन्जेक्टर, भिभिटी र इन्टिग्रेटेड एक्जस्ट, कुल्ड एक्जस्ट ग्यास रिसर्कुलेसन(ईजिआर) जस्ता प्रबिधी थप गरिएको छ । जसले नयाँ सेलेरियोमा उपलब्ध गराइएको इन्जिनलाई पूर्णत नयाँ र एड्भान्स बनाएको छ । इन्जिनको अरितरिक्त एरोडाइनामिक प्रोफाइल र सुधार गरिएको टायरले समेत माइलेज बढाउन भुमिका खेलेको छ ।

सम्बन्धित समाचारहरू

नेपालभरका शोरुमबाट सुजुकीले शुरु ग-यो जिम्नीको डेलिभरी

नेपालभरका शोरुमबाट सुजुकीले शुरु ग-यो जिम्नीको डेलिभरी

काठमाडौं – नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनको...

सुजुकीले धुवाँरहित बाइक र स्कुटर ल्याउँदै

सुजुकीले धुवाँरहित बाइक र स्कुटर ल्याउँदै

जापानी कम्पनी सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक टु ह्विल लन्च गर्ने घोषणा...

जनवरीदेखी मूल्य वढाउँदै मारुती सुजुकी, उत्पादन लागतको बृद्धि प्रमुख कारण

जनवरीदेखी मूल्य वढाउँदै मारुती सुजुकी, उत्पादन लागतको बृद्धि प्रमुख कारण

भारतको सवैभन्दा ठूलो प्यासेन्जर कार उत्पादक मारुती सुजुकीले जनवरीमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...