नवीनता र प्रविधिलाई नयाँ उचाइमा लैजाने आशा गरिएको चाङ्गन युनि–भी, आउन सक्छ नेपाल

‘ह्वेन इन्टेलिजेन्स गेट्स स्मार्टर, द फिलिङ्स गेट्स वान्ली टु यु’ भन्ने भनाइबाट प्रेरित चाङ्गनले भविष्यमुखी उत्पादन बनाउने र तिनलाई वर्तमान बजारमा उपलब्ध गराउने कुरामा विश्वास गर्ने बताउछ ।

चाइजिन कम्पनी चाङ्गनले गत वर्षको बेइजिङ अटो शोमा भिजन–भी कन्सेप्ट कार प्रदर्शन गरेको थियो । यसले चाङ्गन ब्रान्डको फ्युचर मोडललाई झल्काउने एक स्टाइल दिएको थियो । कारले सौन्दर्य, प्रविधि र बुद्धिमताको कुरामा आधारित रहेर नयाँ शैलीको उद्घाटन गरेको छ ।

टुरिनमा अवस्थित युरोपियन स्टाइल सेन्टर रहेको कम्पनीको नयाँ डिजाइनमा सरल, भविष्य र उन्नत सौन्दर्य भाषा प्रयोग गरी मानव हेरविचारको लागि प्रविधि र बुद्धिमताको उपयोग गर्दछ ।

गत साता चाइनिज सञ्चार माध्यमहरुले नयाँ युनि–भीको वारेमा केही समाचार सार्वजनिक गरे । जस अनुसार चाङ्गनको अर्को सानो गाडी युनि–टीबाट प्रभावित भएको र बेइजिङ अटो शोमा सार्वजनिक गरिएको कन्सेप्टमा आधारित युनि–भी देखिएको छ । यस अनुसार युनि–भीको फ्रन्ट फेसिया एकदमै लोभ लाग्दो छ ।

चाङ्गनको यो कारको डिजाइन युरोपियन शैलीमा गरिएको छ । यो कारको अग्र भागको डिजाइन ईभी प्रेरित छ जसले लुक्समा निखार दिएको छ । त्यसैगरी सार्प हेडलाइट र एगुंलर क्रिजले कारको लुक्सलाई बोल्ड र स्पोर्टी देखाएको छ । लामो हुड र रुफलाइनका कारण यसको डिजाइन आधुनिक देखिएको छ । यसका अतिरिक्त यो कारमा आकर्षक रियर लाइट, ड्युअल क्रोम एक्जस्ट र ब्रेक लाइट समेत उपलब्ध गराइएको छ । जसले यो कारलाई थप बोल्ड देखाएको छ ।

दृश्यात्मक रुपमा लामो हुड र एक लामो छतसँगै भएको साइड प्रोफाइलले आत्मविश्वासको झलक दिन्छ । १८ इन्चको बैकल्पिक ह्विल र रिट्राक्टेबल डोर ह्यान्डलले साइड प्रोफाइललाई अझै सुन्दर बनाएको छ ।

सार्वजनिक भएको तस्बिरका आधारमा यसको केही जानकारी सार्वजनिक भएको छ । यस अनुसार कम्पनीले यो कारमा १.५ लिटर क्षमताको इन्जिन जडान गरेको छ । जसको अधिकतम पावर १८५ एचपी रहने बताइएको छ ।

चाङ्गनको नेपालका लागि आधिकारिक वितरकको रुपमा हालै एमएडब्लु वृद्धि अटो कर्प नियुक्त भएको छ । यसले गर्दा निकट भविष्यमा यो कार नेपाल समेत भित्रिन सक्ने कुरामा आशावादी हुन सकिन्छ ।

सम्बन्धित समाचारहरू

कम्फर्ट र सेफ्टी फिचर्स लोडेड हावल जोलियन

कम्फर्ट र सेफ्टी फिचर्स लोडेड हावल जोलियन

चिनियाँ ब्रान्ड ग्रेटवालको सहायक कम्पनी हावल १ दशक लामो समयपछि पुन नेपाली...

नेपाली सेडान बजारमा थपिदै अर्को सेडान स्कोडा स्लाभिया : भारतीय बजार जस्तै प्रभावको अपेक्षा

नेपाली सेडान बजारमा थपिदै अर्को सेडान स्कोडा स्लाभिया : भारतीय बजार जस्तै प्रभावको अपेक्षा

कुनै समयमा निकै नै लोकप्रिय मानिएको सेडान बजारलाई हाल एसयूभी र क्रसओभरको...

नेपाली बजारमा १ वर्षअघि नै भित्रिएको जीप ग्रान्ड चेरोकी अब भारतमै एसेम्बल हुने

नेपाली बजारमा १ वर्षअघि नै भित्रिएको जीप ग्रान्ड चेरोकी अब भारतमै एसेम्बल हुने

जीपले ग्रान्ड चेरोकीलाई भारतमै एसम्बल गर्ने भएको छ । अमेरिकन आइकनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...