ग्लोबल लन्च भयो चांगनको एसयूभी ओसन एक्स७, राइट ह्यान्ड बजारमा नयाँ आयाम थप

चांगनको ओसन एक्स७ एसयूभी विश्वव्यापी रुपमा लन्च भएको छ । मार्च ७ २०२२ मा पाकिस्तानमा यसको दुईवटा मोडल लन्च भएको थियो । बहुप्रतिक्षित एसयुभी पाकिस्तानमा वाच मी मुभ ट्यागलाइनका साथ प्रस्तुत गरिएको थियो ।

पहिलो भेरिएन्ट चांगन ओसन एक्स७ फ्युचर सेन्स हो भने अर्को भेरिएन्ट चांगन ओसन एक्स७ कम्फर्ट हो । दुवै भेरिएन्टमा १.५ लिटर टर्बोचार्ज्ड ब्लुकोर इन्जिन छ, जुन युरो६ अनुरुप छ । १५०० सीसीको क्षमता सहित यसले १८५ एचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । यसमा रहेको ७ स्पिड डिसिटी अटोमेटिक ट्रान्समिसनले गियर सिफ्टिङलाई सहज एवम् अनुकूल पारी कम इन्धनको खपतमा बढी पावर प्रदान गर्दछ । चांगन ओसन एक्स७ फ्युचर सेन्समा ५ जनाको सिट क्षमता रहेको छ भने चांगन ओसन एक्स७ कम्फर्टमा ७ जनाको सिट क्षमता रहेको छ ।

ओसन एक्स७ बाहिरबाट हेर्दा निकै नै सुन्दर र परिस्कृत देखिन्छ । यसमा प्रयोग भएको आइभोरी ह्वाइट फक्सको लेदर सिटले यसको सुन्दरतामा अझ निखार ल्याएको छ । ७ इन्चको एलसीडी स्क्रिन समावेश यो गाडीमा इन्धनको जानकारी, गाडीको दुरी, टायरको स्वास्थ्य स्थिति जानकारी पाइनुका साथै स्मार्ट ड्राइभिङ कन्ट्रोल प्रदान गर्छ । अगाडि रहेको ड्राइभर सिट ६ वे इलेक्ट्रिकल्ली एड्जस्टेबल छ । यसको साथसाथै १०.२५ इन्चको टचस्क्रिन पनि समावेश छ । यसमा रहेको मोबाइल स्क्रिन मिररिङ्गले फोन ह्यान्डस् फ्रिमा कुरा गर्न मिल्ने, एन्ड्रोइड र आइओएस दुबै फोन मिररिङ्ग गर्न मिल्ने एवम् लोकेसन र अन्य विविध कार्यमा सहजता हुने जनाइएको छ । यसमा स्मार्ट किलेस इन्ट्रीको साथमा पुस स्टार्ट बटन समावेश छ ।

ओसन एक्स७ मा एचएमआई इनेबल कार डाइग्नोस्टिक सिस्टम समावेश छ, जसबाट ग्राहकले इन्धनको मात्रा, कुलेन्टको मात्रा, भिएससी मोड्युल, एयरब्याग मोड्युल र एबीएस मोड्युलको जानकारी स्वयम् लिन सकिन्छ । यसमा इको, कम्फर्ट, स्पोर्ट र कस्टम गरि चारवटा ड्राइभिङ मोड समावेश छ । ग्राहकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिदै इन्टेलिजेन्ट हेल्थ म्यानेजमेन्ट सिस्टम प्रयोग भएको छ जसमा भएको पीएम ०.१ फिल्टर सिस्टमलमार्फत प्लाज्मा एयर प्युरिफिकेसनको प्रयोगबाट स्वच्छ हावा प्रदान गर्दछ । यस सँगसँगै इलोक्ट्रोनिक पार्किङ्ग र अटो होल्डको प्रयोगले एउटा बटनले नै ह्यान्डब्रेक लगाउन सकिनेछ ।

ओसन एक्स७ मा इलेक्ट्रिक प्यानोरोमिक सनरुफ पनि समावेश छ । यसका साथसाथै दुवै भेरिएन्टमा बाहिर इलेक्ट्रिक रियरभ्यु मिरर जडान गरिएको छ भने यो इन्टेलिजेन्ट क्रुज कन्ट्रोलको साथमा आउछ । ओसन एक्स७ फ्युचर सेन्समा डाइनामिक राडर क्रुज कन्ट्रोल रहेको छ भने ओसन एक्स७ कम्फर्टमा भने स्ट्यान्डर्ड क्रुज कन्ट्रोल समावेश छ ।

ओसन एक्स७ फ्युचर सेन्समा ३६० डिग्री प्यानोक्याम रहेको छ भने ओसन एक्स७ कम्फर्टमा रियर क्यामरा जडित छ । यसका अतिरिक्त ओसन एक्स७ फ्युचर सेन्समा फर्वाड कोलिजन वार्निङ, अटो इमर्जेन्सी पार्किङ्ग र डाटा रेकर्डर समावेश छ । ओसन एक्स७ मा चालक सहायताका लागि विविध अन्य सुबिधा जस्तै कस्टम ड्रााइभ मोड र ड्राइभर फ्याटिग मोनिटरिङको सुविधा समेत लिन सकिन्छ । अन्य विशेषतामा कार अनलक गर्नका लागि स्मार्ट प्रोक्सिमिटी इन्ट्री सिस्टम, मिरर अनफोल्ड, डोर अनलक र ब्रिदिङ हेडल्याम्प रहेका छन् । ओसन एक्स७ को नजिकै यदि गाडीको चाबी लिएर बसेको छ भने यसले साइड मिरर, ब्रिदिङ हेडल्याम्प र ढोका खोली स्वागत गर्दछ । यसको साथसाथै यसमा मिरर फोल्ड, झ्याल र सनरुफको लागि स्मार्ट एक्जिट सिस्टम समावेश छ ।

सुरक्षाको दृष्टिकोणबाट दुबै भेरिएन्टमा चालक र यात्रुका निम्ति फ्रन्ट एयरब्याग र साइड टोर्सो एयरब्याग रहेको छ । यस सँगसँगै यसमा एडभान्स टायर प्रेसर मोनिटोरिङ सिस्टम, रिभर्स डाइनामिक गाइडलाइन्स र पार्किङ सेन्सर समावेश छ । ओसन एक्स७ फ्युचर सेन्समा फ्रन्ट र रियर पार्किङ सेन्सर छ भने ओसन एक्स७ कम्फर्टमा रियर पार्किङ सेन्सर रहेको छ । दुबै भेरिएन्ट एन्टी लक ब्रेकको साथमा आउछ भने इलेक्ट्रिक स्टेबिलिटी कन्ट्रोलका साथ हिलहोल्ड कन्ट्रोल, डिसेन्ट कन्ट्रोल र इमोबिलाइजर समावेश छ ।

ओसन एक्स७ को लन्चले विश्वव्यापी रुपमै राइट ह्यान्ड बजारमा नयाँ आयाम थपेको छ । चांगन अटोले आउने दिनमा अन्य राइट ह्यान्ड बजारमा पनि यसको सुरुवात गराउनेमा विश्वस्तता जनाएको छ ।

सम्बन्धित समाचारहरू

आज देखि स्कोडाको ‘स्प्रिङ चेकअप’ क्याम्प, यस्तो छ छुट र सुविधा

आज देखि स्कोडाको ‘स्प्रिङ चेकअप’ क्याम्प, यस्तो छ छुट र सुविधा

स्कोडा गाडीको नेपालका लागी आधिकारिक विक्रेता एमएडव्लू इन्टरप्राइजेजले...

दुई सातामा एक हजारले टेस्ट ड्राइभ गरे चांगनको एल्सभिन सेडान

दुई सातामा एक हजारले टेस्ट ड्राइभ गरे चांगनको एल्सभिन सेडान

काठमाडौं – नेपालमा हालै भित्रिएको चांगन अटोको नयाँ सेडान एल्सभिन एक हजार...

एमएडब्लु एक्सपान्जेले नेपाली बजारमा सार्वजनिक ग-यो नयाँ प्रिमियम सेडान स्कोडा स्लाभिया

एमएडब्लु एक्सपान्जेले नेपाली बजारमा सार्वजनिक ग-यो नयाँ प्रिमियम सेडान स्कोडा स्लाभिया

काठमाडौं – नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...