चांगन ओशान ५२० बन्यो सीएटीएलको स्वाप गर्न मिल्ने ब्याट्री जडित पहिलो विद्युतीय कार

चांगनको ओशान ५२० सेडान कार सीएटीएलको स्वाप गर्न मिल्ने चोको–एसईबी (स्वापिङ इलेक्ट्रिक ब्लक) ब्याट्री जडित पहिलो कार बनेको छ । कम्पनीले हालै उक्त ब्याट्री जडित १ हजार युनिट चांगन ओशान ५२० विद्युतीय सेडान कार चीनको चोङकिङ ट्याक्सी अपरेटरलाई डेलिभर समेत गरेको छ ।

२३ हजार १५० डलर निर्धार गरिएको ओशान ५२० ले ५१५ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । यस कारमा स्वाप गर्न मिल्ने ५६ किलोवाट आवरको ब्याट्री र १०५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सार्थै, १०० सेकेन्डमै ब्याट्री प्याकलाई स्वाप गर्न सकिन्छ ।

गत वर्ष विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री निर्माता सीएटीएलले चोको–एसईबी परियोजना सार्बजनिक गरेको थियो । ब्याट्री निर्माताले चीनभरी ३० हजार स्वाप स्टेशनहरु निर्माण गर्ने लक्ष्य राखेको छ । उक्त परियोनिामा चांगन सहित जीएसी, एफएडब्लु, एसएआईसी, बिएआईसी, एसजिएमडब्वलु र निओ लगायत ब्रान्डहरु जोडिएका छन् ।

चागंनका अनुसार कर्पोरेट ग्राहकहरूबाट ओशान ५२० को लागि १५ हजारभन्दा बढी अर्डरहरू प्राप्त गरेको छ । चोङकिङमा सीएटीएलले पहिले नै ३४ स्वापिङ स्टेशनहरू स्थापना गरिसकेको र २०२५ को अन्त्यसम्ममा १६ थप स्टेशनहरू खोल्ने योजना बनाएको छ । प्रत्येक स्टेशनले ३० वटा ब्याट्री भण्डारण गर्न सक्छ ।

चांगन ओशान ५२० ईभीमा परम्परागत डोर ह्यान्डल, फ्रेमलेस ग्रिल, लामो हेडलाइट, १०.२५ इन्चको स्क्रिन, पातलो एलसीडी इन्स्ट्रयुमेन्ट प्यानल, हिटेड एण्ड भेन्टिलेटेड ड्राइभर सिट, फोर स्पिकर र ३६० डिग्री क्यामेरा लगायत फिचर दिइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...