प्योर ईभीले ल्यायो फुल चार्जमा १३५ किमी चल्ने इलेक्ट्रिक बाइक इकोड्रिफ्ट
टु–ह्विल निर्माता कम्पनी प्योर ईभीले भारतमा इकोड्रिफ्ट बाइक लन्च गरेको छ...
चिनियाँ ईभी निर्माता कम्पनी चांगानले विश्व बजारमा ल्याउने तयारीका साथ कार्य गरिरहेको नयाँ मिराकल ब्याट्री अर्थात सोलिड स्टेट ब्याट्रीको चर्चा चुलिएको छ । हालै सार्वजनिक समाचार अनुसार सिंगल चार्जमा ९३२ माइल अर्थात १ हजार ५ सय किलोमिटर सम्म चल्ने ब्याट्री चांगानले विकास गर्दैछ ।
चांगानले विकास गर्ने उक्त सोलिड स्टेट ब्याट्रीको प्रोटोटाइप यही वर्षको अन्त्यमा सार्वजनिक हुनेछ । त्यसैगरी सन् २०२६ मा यसको परीक्षण हुनेछ भने २०२७ मा मास प्रोडक्सन हुनेछ । दिगो र आगलागीबाट समेत सुरक्षित हुने सो ब्याट्री परम्परागत अन्य ब्याट्री भन्दा इनर्जी डेन्स हुनुका साथै सुरक्षित समेत हुनेछन् ।
चांगानको सो सोलिड स्टेट ब्याट्रीको इनर्जी डेन्सिटी ४०० वाट आवर प्रतिकेजी सम्म हुनेछ । हाल उपलब्ध लिथियम आयोन ब्याट्रीको इनर्जी डेन्सिटी बढीमा ३५० वाट आवर प्रतिकेजी सम्म छ । तर यी ब्याट्री महंगा समेत छन् । यो समस्याको समाधानका लागि केही कम्पनीहरुले एलएफपी ब्याट्री निर्माणमा समेत ध्यान केन्द्रित गर्ने गरेका छन् । तर सस्तो भए पनि यी ब्याट्रीको इनर्जी डेन्सिटी भने कम हुन्छ । आगामी दिनमा पुर्ण रुपमा विकास हुने अवस्था सम्म सोलिड स्टेट ब्याट्रीको इनर्जी डेन्सिटी ५०० वाट आवर प्रतिकेजी सम्म हुने अनुमान गरिएको छ ।
हाल विश्व बजारमा लोकप्रिय मानिने सीएटीएल र बीवाईडीले समेत सोलिड स्टेट ब्याट्री उत्पादन कार्यमा ध्यान दिइरहेका छन् । तर पनि यी दुई कम्पनीले सन् २०२८ सम्ममा मात्र सानो स्केलमा यस्ता ब्याट्री बजारमा ल्याउने बताएका छन् । यो भन्दा पहिले नै चांगानको ब्याट्री बजारमा आउने र यसले चर्चा पाउने अनुमान गरिएको छ ।
चांगानका विभिन्न मोडलका इलेक्ट्रिक कार बिक्रीका लागि उपलब्ध छन् । यसबाट चांगानको कार बजारमा समेत अवश्य पनि प्रभाव पर्नेछ । यसबाट हाल लोकप्रिय टेस्ला र अन्य ब्रान्डका सवारी निर्माता कम्पनीलाई समेत प्रत्यक्ष प्रभाव पर्नेछ ।
यद्यपि रेन्ज एन्जाइटी र चार्जिङमा लामो समय लगाउनु पर्ने झन्झटबाट भने ग्राहकले मुक्ति पाउने छन् । तर पनि यसका लागि भने केही समय अवश्य पनि कुर्नु पर्नेछ ।
टु–ह्विल निर्माता कम्पनी प्योर ईभीले भारतमा इकोड्रिफ्ट बाइक लन्च गरेको छ...
काठमाडौं–डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि...
काठमाडौँ – नेपालका लागि सेगवेको आधिकारिक वितरक आईहव प्रालिले आगामी दशैं,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...