जिपप्रेमीले स्थापना गरे ‘जिप क्लब नेपाल’, जिपर्स मिटिङ २०२१ सम्पन्न
काठमाडौं – नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई...
नेपाली बजारमा हालै उपलब्ध चांगन अटोको उत्कृष्ट पिकअप ‘हन्टर’ ले छोटो समयको अन्तरालमै नेपाली अटोमोबाइल पारखीहरुको ध्यानाकर्षण गर्न सफल भएको कम्पनीको भनाइ छ । नेपालमा चांगनको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पका अनुसार आफ्नो आगमनको दुई महिनाकै अवधिमा हन्टर ३० जना ग्राहकरुबाट बुकिङ्ग भइसकेको छ ।
ग्राहकहरुबाट निकैनै राम्रो प्रतिकृया प्राप्त गरिरहेको हन्टरलाई हाल सम्म ४१२ जना ग्राहकहरुले टेष्ट राइड गरेका र ग्राहकहरुको सहभागिता निकै नै उत्साहजनक भएको बताइएको छ ।
हन्टरमा १ Þ९ लिटर टर्बोचार्जड इन्जिन रहेको छ, जसले १५० एचपी पावर र ३५० एनएम टर्क प्रदान गर्दछ । सो पिकअपको ग्राउन्ड क्लियरेन्स २३० एमएम रहेको छ जुन यसको विधामा उत्कृष्ट छ । १ टन सम्मको भार भजन क्षमता रहेको हन्टर पिकअपमा ६ स्पिड अटोमेटिक ट्रान्समिसन समावेश छ जसले गर्दा रोडको स्थिति अनुरुप अटोमेटिक रुपमा चेन्ज हुने गर्दछ ।
यस बाहेक सो पिकअपमा १० इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, इन्जिन पुस स्टार्ट बटन, क्रुज कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ्ग सिस्टम, इलेक्ट्रोनिक स्टेबिलटी प्रोग्राम र हिल डिसेन्ट कन्ट्रोल समावेश छ । यसका साथै यसमा चालक एवम्ं यात्रुका निम्ति पावर असिस्टेड सिट पनि समावेश छ । यी विविध विशेषता सँगसँगै यसमा इको र स्पोर्ट्स मोड पनि समावेश छ ।
ग्राहकहरुले हन्टरको बारेमा www. Changannepal.com मार्फत बिस्तृत जानकारी लिनका साथसाथै टेस्ट राइडको लागि बुकिङ पनि गर्न सक्ने व्यवस्था छ । हन्टर एवम् चांगन अटो सम्बन्धी सम्पुर्ण जानकारी चांगनको वेबसाइट, फेसबुक र इन्स्टाग्राम मार्फत लगइन गरि प्राप्त गर्न सकिन्छ ।
काठमाडौं – नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई...
काठमाडौं – नेपालको सबैभन्दा बढी रुचाइएको युरोपियन एसयूभी स्कोडा कुशाकले...
काठमाडौं– नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...