चांगन, हुवावे र सीएटीएलको संयुक्त साझेदारीमा नयाँ मिडसाइज इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने

चीनको अग्रणी सवारी निर्माता चांगन अटोमोबाइलले हुवावे र सीएटीएलसँगको संयुक्त साझेदारीमा ‘अविता’ नामक एक उच्चस्तरीय विद्युतीय सवारी साधनको नयाँ ब्रान्ड सार्वजनिक गर्ने भएको छ । यस ब्रान्डको पहिलो गाडीको नमुनालाई ‘अविता ई ११’ नाम दिइएको छ ।

तीन भित्र उद्योगमा उच्चतम विशेषता हासिल गरेका कम्पनीहरुको एक संयुक्त साझेदारीमा अविता ई ११ गाडीको विकास भएको हो । यो ब्रान्डको गाडीहरुमा उच्चस्तरीय बौद्धिक विद्युतीय सञ्जालको प्रयोग हुनेछ, जुन चांगन, हुवावे र सीएटीएलको संयुक्त सहकार्यबाट सम्भव भएको हो ।

यो सञ्जाललाई ‘सीएचएन’ नाम दिइएको छ, जुन तीन कम्पनीको नामहरुबाट संक्षेपीकरण गरिएको हो । चांगनको सी, हुवावेको एच र निङदेशिदै अर्थात सीएटीएलको एन गरी सीएचएन बनाइएको हो ।

अविता ई ११ मा चांगनको उच्च स्तरीय ब्रान्ड मेटरियल प्रयोग गरी उत्पादन गरिएको छ भने हुवावेको पूर्ण स्ट्याक स्मार्ट कार सोलुसन र सीएटीएलको ब्याट्री टेक्नोलोजी । यो गाडीको नमुनालाई एक मध्यम आकारको विद्युतीय एसयूभी अर्थात मिड साइज एसयूभीको दर्जा दिइएको छ ।

चांगन चीनको प्रसिद्ध अटोमोबाइल निर्माता कम्पनी हो भने हुवावे प्रविधि र सीएटीएल ब्याट्री प्रविधिका लागि प्रसिद्ध छन् ।

नेपाली बजारमा पनि चांगन ब्रान्ड भित्रिने घोषणा केही समय पहिले भएको छ । नेपाली बजारमा एमएडब्लु वृद्धि अटोकर्पले चांगन ब्रान्ड नेपाल भित्र्याउने तयारी गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

कुशाक चम्किदा स्कोडाको बिक्री दोव्वरले वृद्धि

कुशाक चम्किदा स्कोडाको बिक्री दोव्वरले वृद्धि

मिड साइज एसयूभी कुशाकको बिक्री वढेसंगै स्कोडाले भारतमा यो वर्षको ११...

स्कोडाले कुसाकमा गर्यो यी फिचर्स अपडेट, नयाँ भेरियन्ट स्टाइल एनएसआर समेत भयो थप

स्कोडाले कुसाकमा गर्यो यी फिचर्स अपडेट, नयाँ भेरियन्ट स्टाइल एनएसआर समेत भयो थप

स्कोडले आफ्नो लोकप्रिय एसयुभी कुसाकमा नयाँ फिचर्स अपडेट गरेको छ । उसले सबै...

नेपाली बजारमा जेएसी टी८ डबल क्याब पिकअपको खुल्यो बुकिङ, मूल्य ५६ लाख ९९ हजार

नेपाली बजारमा जेएसी टी८ डबल क्याब पिकअपको खुल्यो बुकिङ, मूल्य ५६ लाख ९९ हजार

काठमाडौं – नेपाली बजारमा जेएसीको टी८ २.० लिटर पिकअप ट्रकको बुकिङ खुला...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...