५७ लाख मूल्यमा फोटोनको १५ सिटे इलेक्ट्रिक भ्यान नेपालमा, ८० प्रतिशत फाइनान्स सुविधा
काठमाडौं – फोटोनको हाई रुफ ईभी भ्यान नेपालमा सार्वजनिक गरिएको छ । एक...
चांगानले आफ्नो प्रिमियम ईभी ब्रान्ड दिपल अन्तर्गत नयाँ इलेक्ट्रिक एसयुभी एस०५ यसै वर्ष सार्वजनिक गर्ने भएको छ । हाल बजारमा रहेको एस०७ भन्दा सानो आकारको यो एसयुभीको विक्री वितरण गर्ने चिनियाँ सरकारले भर्खरै अनुमति दिएको हो । सी८५७ कोड नाम दिइएको नयाँ कार ईभी र ईआरईभी दुवै मोडलमा उपलब्ध हुनेछ ।
अहिले दिपलले एस०७ एसयूभी, एल०७ सेडानको विक्री गर्दै आएको छ । आउँदो जुनबाट आफ्नो अफरोड एसयूभी जी३१८ को डेलिभरी समेत सुरु गर्ने योजना कम्पनीले बनाएको छ । यसैबीच दिपलले आफ्ना सेडानलाई एल सिरिजमा र एसयूभीलाई एस सिरिजमा विस्तार गर्ने योजना समेत सार्वजनिक गरेको छ । भर्खरै सम्पन्न बेइजिङ अटो सोमा दिपलले हुवावेसँग मिलेर स्मार्ट इलेक्ट्रिक भेइकल बनाउने घोषणा गरेको थियो ।
दिपल एस०५ ४६२० एमएम लामो, १९०० एमएम चौडा र १६०० एमएम अग्लो हुनेछ भने यसको ह्विल बेस २८८० एमएम हुनेछ जसमा ५ जना यात्रुका लागि सिट हुनेछ । दिपल एस०७ भन्दा यो करिब ७० एमएम छोटो हुनेछ । गाडी गोलाकार हुनेछ । यसको अगाडि र पछाडिको भाग एस०७ सँग करिब मिल्छ । यसमा हाई माउन्टेड ब्र्रेक लाइट, डबल लेयर टेललाइट ग्रुप र थोरै उठाइएको डकटेल रहेको छ ।
साथै यसको रुफ, लगेज -याक, एक्टेरियर मिरर, रुफ क्यामेरा, विन्डो फ्रेम ट्रिम र रुमको स्टाइल ग्राहक आफैंले छान्न पाउनेछन् । अघिल्ला कारमा झैं यसमा पनि फ्लस ह्यान्डल रहनेछन् ।
एस०५ को ईभी मोडलमा १७५ किलोवाटको इलेक्ट्रिक मोटर हुनेछ भन् ईआरईभी मोडलमा ७२ किलोवाटको १.५ एल रेन्ज एक्सटेन्डर हुनेछ र १६० किलोवाटको इलेक्ट्रिक मोटर मोडल हुनेछन् । यसमा लिथियम आइरन फोस्फेट ब्याट्री रहनेछ तर यसको विस्तृत जानकारी बाहिर ल्याइएको छैन ।
गएको अप्रिलमा दिपलले १२ हजार ७४४ गाडी बिक्री गरेको थियो । सन् २०२४ को पहिलो चार महिनामा दिपलले ५२ हजार ८२८ गाडी डेलिभरी गरिसकेको छ ।
काठमाडौं – फोटोनको हाई रुफ ईभी भ्यान नेपालमा सार्वजनिक गरिएको छ । एक...
एक्सपेङको नयाँ इलेक्ट्रिक एसयूभी जी७ ले चीनमा गत जुन ११ मा सार्वजनिक भएको...
काठमाडौं – विश्वमै लोकप्रिय मानिने निसानको इलेक्ट्रिक कार नेपाली बजारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...