बीएमडब्ल्युको इलेक्ट्रिक स्पोर्ट्स एक्टिभिटी भेइकल आईएक्स१ नेपालमा, मूल्य १ करोड ४९ लाख ९६ हजार
काठमाडौं – बीएमडब्ल्युको आईएक्स वान इलेक्ट्रिक एसएभी अर्थात स्पोर्ट्स...
काठमाडौं – नेपाली बजारमा हाल चर्चा कमाइरहेको चांगान अन्तर्गत दिपल ब्रान्डको अर्को इलेक्ट्रिक कार समेत नेपाली बजारमा उपलब्ध हुने भएको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले हालै यसको मूल्य सञ्चार माध्यममा सार्वजनिक गरेको छ ।
९९ किलोवाट क्षमतामा उपलब्ध हुने दिपल एल०७ को मूल्य ६६ लाख ९९ हजार रुपैयाँ हुनेछ । करिव एक महिना देखि यो गाडी नेपाली सडकमा परीक्षण भइरहेको र केही समय पछि यसको औपचारिक बिक्री शुरु गरिने कम्पनी स्रोतको भनाइ छ ।
केही समय देखि नेपाली बजारमा चांगान दिपल एस०७ उपलब्ध छ । यसको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ छ ।
दिपल एस०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौं फिचर पाउन सकिन्छ । जसले ‘इलेक्ट्रिक मोबिलिटी’मा केसम्म सम्भव छ भन्ने देखाउँछ । दिपल १६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगानको सब ब्रान्ड हो, जसले चांगानका लागि ‘न्यु इनर्जी भेहिकल’को विकास र उत्पादन गर्छ ।
दिपल एस०७ मा इभी डेडिकेटेड ‘इपीए१ प्ल्याटफर्म’ र ‘रियर ह्विल ड्राइभ सिस्टम’ रहेको छ । कारमा ६६.८ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ यसले सिंगल चार्जमा ४१० किलोमिटरको रेन्ज दिने दावी गरिएको छ ।
अब नेपाली बजारमा उपलब्ध हुने दिपल एल०७ को वारेमा भने कम्पनीले औपचारिक रुपमा जानकारी सार्वजनिक गरेको छैन । यसले पनि नेपाली बजारमा राम्रो चर्चा पाउने अपेक्षा गर्न सकिन्छ ।
दिपल एस०७ एसयूभी र एल०७ सेडान केही समय पहिले थाइल्यान्डमा एकैपटक सार्वजनिक गरिएका थिए ।
काठमाडौं – बीएमडब्ल्युको आईएक्स वान इलेक्ट्रिक एसएभी अर्थात स्पोर्ट्स...
काठमाडौं–म्याक्सस ईभीको नेपालका लागि आधिकारिक बितरक हिमालय मोट्रोक्स...
चीनको विश्व प्रसिद्ध सवारी साधन निर्माता कम्पनी चाइना हाई–टेक अफरोड भेइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...