थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपोमा चर्चित बन्यो चांगनको नयाँ ईभी, प्रतीक्षामा नेपाल

थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपो २०२३ मा एउटै मोडलका लागि सबैभन्दा बढी बुकिङ प्राप्त गरी चम्किएको चांगन डीपल एस ०७ ईभी एसयुभी नेपाल भित्रिने भएको छ । चांगनका लागि नेपालको अधिकारिक वितरक एमएडब्लु वृद्धिले सो गाडी भित्र्याउन लागेको हो । सन् २०२४ को पहिलो त्रैमासिकमा एस ०७ ईभी एसयुभी औपचारिक रूपमा लन्च गर्ने एमएडब्लु वृद्धिले जनाएको छ ।

चीनको प्रिमियम इलेक्ट्रिक भेइकल ब्रान्ड चांगन डीपल २०२३ सालको थाइल्याण्ड अन्तर्राष्ट्रिय मोटर एक्सपोमा अत्यन्त चर्चित बनेको छ । ब्रान्डको फ्ल्यागशिप मोडल एस ०७ ईभी एसयुभीले उक्त शो अवधिभर एकल मोडलको लागि सबैभन्दा धेरै बुकिङहरू प्राप्त गर्दै थाई इलेक्ट्रिक वाहन बजारमा एक अग्रणी खेलाडीको रूपमा आफ्नो स्थानलाई बलियो बनाएको हो।

थाइल्याण्डमा चांगन डीपलको आधिकारिक प्रवेश यसको विश्वव्यापी विस्तार रणनीतिमा एउटा महत्वपूर्ण कदम हो। ब्रान्डले २०२३ को नोभेम्बर ३० देखि डिसेम्बर ११ सम्म आयोजित प्रतिष्ठित ४०औँ थाइल्यान्ड इन्टरनेसनल मोटर एक्सपोमा आफ्ना नवीन र प्राविधिक रूपमा उन्नत गाडीहरू प्रदर्शन गरेको थियो जहाँ उसलाई थाई उपभोक्ताहरूबाट व्यापक ध्यान र चासो प्राप्त भएको थियो।

एस ०७ ईभी एसयुभीलाई प्राप्त अत्याधिक प्रतिक्रिया र ३२०० भन्दा बढी बुकिङ नै चांगन डीपलको उच्च गुणस्तरिय पर्यावरणमैत्री सवारी साधनहरू प्रदान गर्दै आधुनिक चालकहरूका विकसित आवश्यकता पूरा गर्ने प्रतिबद्धताको बलियो प्रमाण रहेको बताइएको छ ।

थाइल्याण्डमा प्राप्त सफलतापछि चांगन डीपलले अब नेपाललाई आफ्नो अर्को लक्षित बजारको रूपमा हेरिरहेको बताइएको छ। नेपाली उपभोक्ताहरूले चांगन डीपलको शक्तिशाली पर्फर्मेन्स, उन्नत प्रविधि र पुरस्कृत डिजाइनको साथ यसले प्रदान गर्ने भिन्नताको अनुभव गर्न यसको प्रतीक्षा गर्न सक्नेछन्।

यसमा भएको शक्तिशाली इलेक्ट्रिक मोटरले उत्साहजनक पर्फर्मेन्स दिन्छ र सहज ड्राइभिङ गतिशीलता प्रदान गर्दछ । लामो दूरीसम्म टिक्ने ब्याट्रीले न्यूनतम चार्जिङ आवश्यकताहरूसँग सुविधाजनक र प्रभावकारी यात्रा प्रदान गर्दछ । स्टाइलिश र एरोडायनामिक बाहिरी लुक्स रहेको यस गाडीमा परिष्कृत इन्फोटेनमेन्ट प्रणाली, चालक–सहायता सुविधाहरू, व्यापक सुरक्षा प्रणाली जडान गरिएका छन् ।

एस ०७ ईभी एसयुभीले नेपाली चालकहरूको मन मुटु जित्नेमा चांगन डीपल विश्वस्त भएको कम्पनीको भनाइ छ । गुणस्तर, नवप्रवर्तन र दिगोपनप्रति आफ्नो प्रतिबद्धताका साथ यो ब्रान्ड नेपालको द्रुत गतिमा बढ्दो विद्युतीय सवारीको बजारमा प्रमुख खेलाडी बन्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

बुकिङ खुलेको २४ घन्टामै १० हजार युनिट विक्री भयो बीवाईडी सिगल

बुकिङ खुलेको २४ घन्टामै १० हजार युनिट विक्री भयो बीवाईडी सिगल

बीवाईडीको सस्तो इलेक्ट्रिक कार सिगल बुकिङ खुलेको २४ घन्टामा १० हजार युनिट...

टाइम म्यागजिनद्वारा टेस्लाका मालिक इलोन मस्क ‘वर्षव्यक्ति’ घोषणा

टाइम म्यागजिनद्वारा टेस्लाका मालिक इलोन मस्क ‘वर्षव्यक्ति’ घोषणा

टाइम म्यागजिनले विश्वकै धनाढ्य तथा अमेरिकी विद्युतीय कार निर्माता कम्पनी...

उमेरको आधा जति, त्यति नै हजार छुट पाइदै छ इलेक्ट्रिक सवारीमा

उमेरको आधा जति, त्यति नै हजार छुट पाइदै छ इलेक्ट्रिक सवारीमा

काठमाडौं – कोमाकी ईभीको नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...