सीजी मोटर्सले अब इलेक्ट्रिक ट्याक्सी ल्याउने

काठमाडौं – नेपाली बजारमा नेटा भी र अन्य इलेक्ट्रिक सवारी साधन उपलब्ध गराइरहेको सीजी मोटर्सले इलेक्ट्रिक ट्याक्सी भित्र्याउने भएको छ । हाल काठमाडौं उपत्यका लगायतका सहरी क्षेत्रमा पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सी मात्र उपलब्ध भइरहेको समयमा आगामी दिनमा इलेक्ट्रिक ट्याक्सी उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

एक पटकको फुल चार्जमा ३ सय किलोमिटर चलाउन सकिने उक्त ट्याक्सीको वारेमा थप विवरण भने सार्वजनिक गरिएको छैन । ट्याक्सी व्यवसायमार्फत वातावरण संरक्षणमा योगदान पु-याउनुका साथै व्यवसायीहरुलाई थोरै खर्चबाट धेरै आम्दानी गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले ट्याक्सी सेगमेन्टका विद्युतीय सवारी भित्र्याउने योजना बनाएको बताइएको छ ।

नेपाली बजारमा चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले हाल इलेक्ट्रिक कार नेटा भीका साथै केवाईसी भी५ मिनी भ्यान बिक्री–वितरण गरिरहेको छ भने ओला इलेक्ट्रिक स्कुटर समेत छिट्टै नै बिक्री शुरु गर्ने तयारी गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

के नाडा अटो शोको विकल्प वन्न सक्छ ईभी शो ?

के नाडा अटो शोको विकल्प वन्न सक्छ ईभी शो ?

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्दै आइरहेको अटो शो...

१६ वर्षीय विद्यार्थीले बनाए फिंगर प्रिन्टबाट स्टार्ट हुने विद्युतीय मोटरसाइकल

१६ वर्षीय विद्यार्थीले बनाए फिंगर प्रिन्टबाट स्टार्ट हुने विद्युतीय मोटरसाइकल

कैलालीको धनगढी उपमहानगरपालिका–५ जाइँका १६ वर्षीय सोहन कैनीले विद्युतीय...

एप्पल इलेक्ट्रिक कारमा ब्याट्रीका लागि सीएटीएल र बीवाईडीका ब्याट्री राख्ने चर्चा

एप्पल इलेक्ट्रिक कारमा ब्याट्रीका लागि सीएटीएल र बीवाईडीका ब्याट्री राख्ने चर्चा

प्रविधि क्षेत्रको लोकप्रिय कम्पनी एप्पलले अटोनोमस इलेक्ट्रिक कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...