सिजी मोटर्सलाई बजेटको वम्पर, बजेट आएको १ हप्ता पछि नयाँ कार लन्च गर्दै

आर्थिक वर्ष २०७९/८० का लागि सरकारले सार्वजनिक गरेको बजेटमा इलेक्ट्रिक कारमा यसअघि लाग्दै आएको भन्सार र अन्तशुल्कको दरमा भारी बृद्धि भएपछि अहिले अर्थमन्त्रि जनार्दन शर्माको व्यापक आलोचना भैरहेको छ । भाषणमा इलेक्ट्रिक भेइकलको प्रवद्र्धन गर्ने बताउँदै आइरहेका शर्माले बजेटमा भने एकाएक यसअघिका पूर्व अर्थमन्त्रि युवराज खतिवाडाले लागु गरेको करको संरचनालाई नै निरन्तरता दिए ।

मोटर क्षमताका आधारमा भन्सार र अन्तशूल्क बृद्धि गरेका उनले १ सय किलोवाट क्षमतासम्मको मोटर जडित इलेक्ट्रिक कारमा भने पुरानै दरलाई निरन्तरता दिएका छन् । यो सेग्मेन्टको इभीमा यसअघि जम्मा १० प्रतशित भन्सार मात्र लाग्दै आइरहेको थियो । १ सय किलोवाट भन्दा माथीका इभीमा उनले भारी मात्रामा भन्सार र अन्तशुल्क बृद्धि गरेका छन् । जसले गर्दा एकातर्फ उच्च क्षमतायुक्त इभीको मूल्य भारी मात्रामा बृद्धि हुने हुँदा यस्ता गाडीको माग बजारमा कम हुँदै जाने देखिन्छ भने कम क्षमताका गाडीको मूल्य पनि कम नै पर्ने कारण यी गाडीको माग बढ्ने सहजै अनुमान लगाउन सकिन्छ ।

अहिलेको यो बजेटले हाल कारोबार भैरहेको टाटा नेक्सन र टिगोर इभीको माग बढाउने देखिन्छ भने आगामी आइतवार लन्च हुन गैरहेको चाइनिज ब्रान्ड नेटा भीको लागी त झन यो बजेट वम्पर नै बनेर आएको छ भन्दा फरक पर्दैन । नयाँ ब्रान्ड लन्च हुनै लाग्दा सोही ब्रान्डलाई फाइदा पुग्नेगरी बजेट आएका कारण नेटा भी भित्राउने तयारीमा रहेको सिजी मोटर्स उत्साहित समेत देखिएको छ ।

बजेट सार्वजनिक हुनु अगावै प्रतिनिधी सभाका सदस्य समेत रहेका नेपालका एकमात्र डलर अर्वपति विनोद चौधरी संलग्न सिजी मोटर्सले चीनबाट नयाँ ब्रान्डको इभी भित्राउने चर्चा चलिरहेको थियो । नेपालमा इभीको बजार बिस्तार हुँदै गैरहेको देखेका उनले चीनको होजोन ब्रान्डले उत्पादन गर्ने नेटा भी कार ल्याउने तयारी तिव्र बनाएका थिए ।

सस्तो मूल्यमा आकर्षक कार उत्पादन गरी ख्याती कमाउँदै गरेको होजोन ब्रान्डको यो इलेक्ट्रिक कार ४० र ५५ किलोवाट मोटर जडित क्षमतामा उपलब्ध रहँदै आएको छ । जसमध्ये सिजी मोटर्सले ५५ किलोवाट क्षमताको मोटर जडित मोडललाई नेपालमा सार्वजनिक गर्न लागेको हो । यो इलेक्ट्रिक कारले ४ सय किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

बजेटमा १ सय किलोवाट क्षमताको मोटर जडित कारमा लाग्दै आइरहेको करको दायरामा कुनै परिवर्तन नगरिएका कारण सिजी मोटर्सले आगामी आइतवार सार्वजनिक गर्न लागेको नेटा भी लाई बजारमा प्रतिस्पर्धा गर्न सहज हुने देखिएको छ ।

३८ लाख रुपैयाँ हाराहारी मूल्य पर्ने अनुमान लगाइएको यो कारको सिधा प्रतिस्पर्धा टाटा नेक्सन इभीसंग हुने लगभग पक्कापक्की जस्तै देखिन्छ । ९५ किलोवाट क्षमताको मोटर जडित नेक्नस इभीको मूल्य ३७ देखी ४१ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

टीएम१ सिंगल क्याब कार्गो पिकअप ट्रक नेपाल आउने, कम खर्चमा बढी आम्दानी हुने

टीएम१ सिंगल क्याब कार्गो पिकअप ट्रक नेपाल आउने, कम खर्चमा बढी आम्दानी हुने

काठमाडौं – नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु...

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...

भिनफास्टका ४ नयाँ इलेक्ट्रिक स्कुटर लन्च, ४५ हजार ब्याट्री स्वाप स्टेशन निर्माणको लक्ष्य

भिनफास्टका ४ नयाँ इलेक्ट्रिक स्कुटर लन्च, ४५ हजार ब्याट्री स्वाप स्टेशन निर्माणको लक्ष्य

भिनफास्टले ४ नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्दै आफ्नो ब्याट्री स्वाप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...