ललितपुरको बागडोलमा सञ्चालनमा आयो सीजी मोटर्सको डेडिकेटेड सर्भिस सेन्टर

नेपालका लागि विभिन्न ईभीको वितरक रहेको सीजी मोटर्सले बागडोल, ललितपुरमा नयाँ अत्याधुनिक सर्भिस सेन्टर शुभारम्भ गरेको छ । एक कार्यक्रमका बिच सीजी ग्रुपका अध्यक्ष तथा नेपालका संघीय संसद सदस्य डा. विनोद चौधरीले सो सर्भिस सेन्टरको उदघाटन गरे ।

सो अवसरमा चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले सीजीले सर्भिसमा विशेष जोड दिएको बताउदै अन्य ब्रान्डमा ग्रुपले गरेको सर्भिस अब ईभी र अन्य सवारी साधनमा पनि गरेर सबैलाई सीजीको ग्राहकप्रतिको समर्पणलाई पुष्टि गर्ने बताए ।

सीजी मोटर्सद्वारा स्थापना गरिएको यो दोस्रो सर्भिस सेन्टर हो । च्यानल पार्टनरहरूलाई समेट्दै काठमाडौँमा अब सीजी मोटर्सका चारवटा सर्भिस सेन्टर पुगेका छन्।

२२ स्थानहरूमा बलियो बिक्री र डिलर नेटवर्क रहेको सीजी मोटर्सले सो सेन्टरको उदघाटनमार्फत ग्राहक सेवा र अनुभवलाई बिक्रीसँगै उच्च प्राथमिकतामा राखेको पुष्टि गरेको छ। साथै, सीजी मोटर्सले विद्युतीय गतिशीलतामा आफ्नो विशेषज्ञता विस्तार गर्दै ग्राहक अनुभव सुधार गर्न चार्जिङ पोइन्टहरूमा लगानी गरिरहेको बताएको छ।

हल सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस २ र जीबीटी चार्जिङ पोइन्टहरूका साथ सर्वाधिक चार्जिङ पोइन्टहरूको संख्या राखेको छ र थप १०० भन्दा बढी स्थानमा चार्जिङ पोइन्टहरू बिस्तार गर्ने लक्ष्य लिएको बताएको छ ।

नयाँ सीजी सर्भिस सेन्टरले सीजी मोटर्स अन्तर्गत वितरण गरिएका आयोन, एक्सपेङ, स्मार्ट, नेटा, रिडडारा, डायुन आदि विभिन्न ब्रान्डका सवारी साधनलाई सर्भिस उपलब्ध गराउने छ।

कम्पनीले ‘सीजी केयर्स सेवा’ पनि सुरू गरेको छ, जसअन्तर्गत +९७७ ९७०७०९४२०७ हटलाइन नम्बरमार्फत चौबिसै घण्टा र सातै दिन सडक सहायता उपलब्ध गराइनेछ।

अहिले नेपालभर २१ भन्दा बढी सेवा सर्भिस सेन्टरसहित सीजी मोटर्सले दक्ष र विशेष सेवा ग्राहकहरूलाई निरन्तर रूपमा उपलब्ध गराउँदै आएको बताएको छ ।

सम्बन्धित समाचारहरू

प्योर ईभी ईट्रिस्टको अफरोड सहित टेस्ट राइड सम्पन्न : सिंगल चार्जमा १२७ किमी भन्दा बढीको यात्रा

प्योर ईभी ईट्रिस्टको अफरोड सहित टेस्ट राइड सम्पन्न : सिंगल चार्जमा १२७ किमी भन्दा बढीको यात्रा

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको प्योर ईभीको इलेक्ट्रिक मोटरसाइकल...

जीकर एक्सको राइट ह्यान्ड ड्राइभ थाइल्यान्ड र हङकङमा बिक्री सुरु, नेपालमा प्रतीक्षा

जीकर एक्सको राइट ह्यान्ड ड्राइभ थाइल्यान्ड र हङकङमा बिक्री सुरु, नेपालमा प्रतीक्षा

काठमाडौं– चिनियाँ अटो उत्पादक जीली अन्तर्गतको प्रिमियम ईभी ब्राण्ड...

ध्रुव थापाको विचार : नेपाल कमसल सवारी साधनको डम्पिङ साइट बन्ने खतरा

ध्रुव थापाको विचार : नेपाल कमसल सवारी साधनको डम्पिङ साइट बन्ने खतरा

गत साल भन्दा पहिले सम्म इलेक्ट्रिक गाडीमा १० प्रतिशत मात्र भन्सार शुल्क...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...