सीजी मोटर्सका गाडी किन्न प्रभु बैंकले सहज रुपमा कर्जा उपलब्ध गराउने

काठमाडौं – सीजी मोटर्सले नेपालमा बिक्री–वितरण गरिरहेको नेटा भी ब्रान्डका सवारी साधनका लागि कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा प्रभु बैंकसँग सम्झौता सम्पन्न भएको छ ।

बैंक र सीजी मोटर्स बीच भएको सम्झौँता अनुसार अब सीजी मोटर्सका ग्राहकहरुले प्रभु बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।

दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र सीजी मोटर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गरे ।

सम्झौँतापछि सीजीले नेपालमा उपलब्ध गराएका गाडीहरु खरिद गर्दा बैंकमार्फत छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराइने छ ।

सीजी मोटर्सका ग्राहकलाई प्रभु बैंकले ७ वर्ष सम्मका लागि गाडीको मूल्यको ८० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने छ । केवल २० प्रतिशतको डाउन पेमेन्टमा ग्राहकहरू अब ईभीको मालिक बन्न सक्ने छन् ।

हाल बैंकको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको बताएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...