सीजी मोटर्सको विद्युतीय कार नेटा भी बुधबार सार्वजनिक हुने, मूल्य र फिचर यस्तो

काठमाडौं – नेपाली बजारमा पहिलो पटक सीजी मोटर्सले विद्युतीय कारका साथ प्रवेश गर्ने भएको छ । सीजी मोटर्सले विद्युतीय कार नेटा भी बिक्रीका लागि उपलब्ध गराउने र आगामी बुधबार एक कार्यक्रमका बीच सो कार सार्वजनिक गर्ने भएको छ ।

चीनको जिजियाङ प्रान्तमा रहेको होजन अटो न्यु इनर्जी भेइकल कम्पनीद्वारा उत्पादित सो कार नेपाली बजारका लागि नयाँ र आकर्षक हुने धेरैको अनुमान छ ।

नेटा भी अन्तर्राष्ट्रिय बजारमा दुई ब्याट्री र मोटर अप्सनमा उपलब्ध रहेको छ । यसको स्ट्यान्डर्ड भेरिएन्टमा ३१.१८ किलोवाट आवरको ब्याट्रीसँग ४० किलोवाटको मोटर रहेको छ । यसले फुल चार्जमा ३०१ किलोमिटर रेन्ज प्रदान गर्छ ।

त्यसैगरी यसको लङ रेन्ज भेरिएन्टमा ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक र ५५ किलोवाटको मोटर छ । यसले फुल चार्जमा ४०१ किलोमिटर रेन्ज दिन्छ । यसलाई स्लो चार्जरबाट फुल चार्ज गर्न १२ घण्टासम्म लाग्छ भने फास्ट चार्जरबाट चार्ज गर्दा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

नेटा भीमा किलेस इन्ट्री, रियर भ्यु क्यामेरा, टायर प्रेसर मोनटरिङ सिस्टम, एबीएस, हिल स्टार्ट असिस्ट, ड्राइभर/प्यासेन्जर एयरब्याग आदि अत्याधुनिक सेफ्टी फिचर उपलब्ध छन्।

यसको मूल्य ३८ लाख रुपैयाँ देखि प्रारम्भ हुने पहिले नै सार्वजनिक भइसकेको छ । यो गाडी लन्च भए पश्चात नेपाली इलेक्ट्रिक कार बजारमा अर्को प्रतिस्पर्धी थपिने र तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय सवारी बजारमा उत्साह थपेको वर्ष २०८०

विद्युतीय सवारी बजारमा उत्साह थपेको वर्ष २०८०

वर्ष २०८० अब हामीबाट विदा हुँदैछ । यो वर्ष नेपाली अटोमोबाइल बजारमा विभिन्न...

कस्तो छ नेपाल भित्रिएको बजाजको इलेक्ट्रिक स्कुटर चेतक ३५०१ ? यस्ता छन् ६ महत्वपूर्ण फिचर

कस्तो छ नेपाल भित्रिएको बजाजको इलेक्ट्रिक स्कुटर चेतक ३५०१ ? यस्ता छन् ६ महत्वपूर्ण फिचर

नेपाली बजारमा नयाँ विकल्पको रुपमा बजाज चेतक ३५०१ इलेक्ट्रिक स्कुटर...

ड्राइभ टु डिस्कभर : शिवपुरी सम्म पुगेर यसरी गरियो २०२४ भर्सनको बीवाईडी एट्टो ३ को परीक्षण

ड्राइभ टु डिस्कभर : शिवपुरी सम्म पुगेर यसरी गरियो २०२४ भर्सनको बीवाईडी एट्टो ३ को परीक्षण

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकको आयोजनामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...