चिनियाँ राजदुतद्वारा पोखरामा नेटा शोरुम शुभारम्भ, पहिलो ईभी ट्याक्सी र माइक्रोबस हस्तान्तरण

पोखरा – पोखराको आर्चलबोट चोकमा सीजी मोटर्स (नेटा) को शोरुम शुभारम्भ भएको छ । नेपालका लागि चीनका राजदुत चेन सङ लगायत अन्य व्यक्तित्वहरुले एक समारोहका बीच उक्त शोरुमको उद्घाटन गरे ।

उद्घाटनको अवसरमा नेपालका लागि राजदुत चेन सङले नेपाल तथा चीनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना व्यक्त गरे । उक्त उद्घाटन समारोहमा सीजी मोटर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका साथै अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

राजदुत चेन सङले नेपालमा डिजेल तथा पेट्रोल गाडीलाई विस्थापित गर्दै सार्वजनिक यातायातमा ईभी गाडीको फाइदा धेरै नै रहेको कुरा व्यक्त गरे । नेपालमा ग्रीन इनर्जीको सम्भावना अध्ययन गर्न र आत्मनिर्भतातिर जान चीनले सहयोग गर्ने तथा नेपाल सरकारसँगको सहकार्यमा प्रमुख राजमार्ग तथा ठुला शहरहरुमा चर्जिङ स्टेशनको बिकास गर्ने बताए । उनले सर्वजनिक यातायातमा ईभी गाडीलाई नै पहिलो प्राथमिकतामा राख्नु पर्छ भन्ने धारणा व्यक्त गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराए ।

सीजी मोटर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले अब पोखरावासीले समेत सहज रुपमा नेटा भीको अनुभव गरी खरिद गर्न सक्ने बताए । नेपालमा बजारको माग अनुसार राम्रो र गुणस्तरीय गाडीहरु बिक्री वितरण गर्ने योजन भएको बताउदै उनले ईभी ट्याक्सी र माइक्रोबसको सफल तरिकाले शुभारम्भका साथै काठमाडौं पोखरा रुटको लागि ११ देखी १९ सिटर सम्मका माइक्रो बसहरु उपलब्ध हुने बताए ।

उक्त कार्यकरममा पोखराका लागि पहिलो ईभी ट्याक्सी र पहिलो विद्युतीय माइक्रो बसको चीनका राजदुत चेन सङले हस्तान्तरण गरे । साथै अब पोखरा शहरमा विद्युतीय गाडीको प्रयोग अझै बढाउन सुझाव दिए ।

प्योर ईभी प्लाटफर्ममा बनेको नेटा भीले फुल चार्जमा ३८० किलोमिटरको दुरी पार गर्न सक्ने सीजी मोटर्सले बाताएकोे छ । १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको नेटा भी नेपालको बाटोहरुका लागि पनि उपयुक्त रहेको सीजी मोटर्सको भनाइ छ । यस किसिमको ग्राउन्ड क्लियरेन्स तथा यसको डिजाइनले नेटा भीलाई एयरोडाइनामिक्स दिन्छ, जसले यसको गति र सन्तुलन कायम राख्छ ।

यसका साथै नेटा भी गाडी भित्र प्रदूषणरहित बनाउन एन९५ हेपा फिल्टरको प्रयोग भएको छ जसले बाहिरको प्रदूषणका साथै भित्र गाडीको हावाको पनि प्रदूषण फिल्टर गर्ने गर्छ । नेटा भीमा विश्वको ठुलो ब्याट्री निर्माता कम्पनी सीएटीएल ब्याट्रीको प्रयोग भएको छ ।

सीजी मोटर्सले नेटा भीका साथै ईभी माइक्रोबस केवाईसी तथा किङलङका मोडलहरु समेत बिक्री गर्दै आएको छ र उक्त मोडलहरु पोखरा शोरुममा समेत उपलब्ध हुनेछन् । साथै गण्डकी प्रदेशमा ईभी ट्याक्सी र विद्युतीय माइक्रोबसका लागि सीजी मोटर्स प्रालिले अधिकारिक बिक्रेताका रुपमा विश्वकर्मा अटो मोटर्सलाई नियुक्त गरेको छ ।

सम्बन्धित समाचारहरू

सोनी र होन्डा मिलेर बजारमा प्रिमियम ईभी ल्याउने

सोनी र होन्डा मिलेर बजारमा प्रिमियम ईभी ल्याउने

सोनी ग्रुप कर्प र होन्डा मोटरको संयुक्त साझेदारीमा सन् २०२६ सम्ममा आफ्नो...

प्योर ईभी स्कुटर किन्दा ८ हजार नगद र ३ हजार ५ सयको स्योरसट गिफ्ट

प्योर ईभी स्कुटर किन्दा ८ हजार नगद र ३ हजार ५ सयको स्योरसट गिफ्ट

काठमाडौं – नेपाली बजारमा उपलब्ध भारतीय स्कुटर ब्रान्ड प्योर ईभीले नयाँ...

विद्युत प्राधिकरणले देशभर ५ सय चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने

विद्युत प्राधिकरणले देशभर ५ सय चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधन चार्जिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...