एमजी विन्डसर ईभी ७५ हजार युनिट बिक्री पार गर्दै भारतको लोकप्रिय इलेक्ट्रिक कार बन्न सफल
जेएसडब्लू एमजी मोटर इन्डियाले आफ्नो लोकप्रिय इलेक्ट्रिक कार एमजी विन्डसर...
काठमाडाैं - नेपालमा विद्युतीय सवारीसाधनको पहुँचलाई थप विस्तार गर्ने उद्देश्यसहित सीजी मोटर्सले पोखराको अमरसिंह मैदानमा ‘महामेला एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ। कार्यक्रम आजदेखि असार १५ गतेसम्म ६ दिन सञ्चालन हुनेछ।
नेपालमा अग्रणी विद्युतीय मोबिलिटी ब्रान्डहरूको आधिकारिक वितरकका रूपमा स्थापित सीजी मोटर्सले आयोजना गरेको यस कार्निभलमा ग्राहकहरूले एकै स्थानमा विभिन्न प्रिमियम ईभी ब्रान्ड तथा अत्याधुनिक प्रविधियुक्त सवारीसाधनहरू अवलोकन गर्न पाउनेछन्। कार्यक्रममा जीएसी आयन, रिडारा तथा दायुनका लोकप्रिय विद्युतीय मोडलहरू प्रदर्शनीमा राखिनेछन्।
व्यक्तिगत तथा व्यावसायिक प्रयोगका लागि उपयुक्त विद्युतीय सवारीसाधनहरूलाई केन्द्रमा राखेर आयोजना गरिएको यस मेलामा सहभागी ब्रान्डहरूमा विशेष नगद छुट, आकर्षक एक्सचेन्ज सुविधा, सवारी मूल्यांकनमा विशेष लाभ, सहज फाइनान्सिङ सहयोग तथा कार्यक्रम अवधिभर लागू हुने विशेष स्वामित्व प्याकेजहरू उपलब्ध गराइने सीजी मोटर्सले जनाएको छ।
विद्युतीय सवारीसाधन खरिद गर्ने योजना बनाएका ग्राहक, अटोमोबाइलप्रेमी, व्यवसायी तथा वातावरणमैत्री यातायाततर्फ आकर्षित व्यक्तिहरूका लागि यो कार्निभल विशेष अवसर हुने अपेक्षा गरिएको छ। ग्राहकहरूले विभिन्न ईभी ब्रान्डहरूको विशेषता, प्रविधि तथा सुविधाबारे प्रत्यक्ष जानकारी लिनुका साथै टेस्ट ड्राइभको अनुभव समेत प्राप्त गर्न सक्नेछन्।
सीजी मोटर्सका अनुसार, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको ‘महामेला एक्सचेन्ज कार्निभल’ को उत्साहजनक प्रतिक्रियापछि पोखरामा पनि कार्यक्रम आयोजना गरिएको हो। यो कार्निभल केवल सवारी प्रदर्शनी मात्र नभई नेपालमा दिगो, प्रविधिमैत्री तथा वातावरणमैत्री यातायातको प्रवर्द्धन गर्ने अभियानको हिस्सा हो। एउटै प्लेटफर्ममा विभिन्न ईभी ब्रान्ड, आकर्षक खरिद सुविधा तथा एक्सचेन्ज अवसर उपलब्ध गराएर ग्राहकहरूलाई विद्युतीय सवारीसाधनतर्फ आकर्षित गर्ने लक्ष्य कार्यक्रमले राखेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...