भृकुटीमण्डपमा आजदेखि सीजी मोटर्सको ‘एक्सचेन्ज कार्निभल’, मल्टी–ब्रान्ड ईभी शोकेस गरिने

काठमाडौं–सीजी मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा ‘आजदेखि महामेला एक्सचेन्ज कार्निभल’ आयोजना गर्दैछ । नेपालमा विद्युतीय सवारीसाधनको बजारलाई थप विस्तार गर्ने उद्देश्यले कार्निभल आयोजना गर्न लागिएको हो ।

६ दिनसम्म चल्ने उक्त कार्निभलमा विभिन्न प्रिमियम ईभी ब्रान्ड तथा नयाँ प्रविधियुक्त सवारीसाधन अवलोकन गर्न पाउनेछन्। कार्यक्रममा रिडारा, दायुन, जीएसी आयन, एक्सपेङ तथा किङलङका १४ सिटर र १६ सिटर ब्लेड ब्याट्री मोडलहरू प्रदर्शनीमा राखिनेछन् ।

नेपालमा अग्रणी विद्युतीय मोबिलिटी ब्रान्डहरूको आधिकारिक वितरकका रूपमा स्थापित सीजी मोटर्सले आयोजना गर्न लागेको यस कार्निभलमा ग्राहकहरूले एकै स्थानमा विभिन्न प्रिमियम ईभी ब्रान्ड तथा नयाँ प्रविधियुक्त सवारीसाधन अवलोकन गर्न पाउनेछन् ।

व्यक्तिगत प्रयोगदेखि व्यावसायिक तथा फ्लीट सञ्चालनसम्मका आवश्यकतालाई लक्षित गर्दै आयोजना गर्न लागिएको यस मेलामा सहभागी ब्रान्डहरूमा विशेष अफर, आकर्षक एक्सचेन्ज सुविधा, सवारी मूल्यांकनमा विशेष लाभ, सहज फाइनान्सिङ सहयोग तथा कार्यक्रम अवधिभर लागू हुने विशेष स्वामित्व प्याकेजहरू उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सीजी मोटर्सका अनुसार, यो कार्यक्रम केवल सवारी प्रदर्शनी मात्र नभई नेपालमा दिगो, प्रविधिमैत्री र वातावरणमैत्री यातायाततर्फको रुपान्तरणलाई गति दिने प्रयास पनि हो ।

एउटै प्लेटफर्ममा विभिन्न ईभी ब्रान्ड, खरिद सुविधा र एक्सचेन्ज अवसर उपलब्ध गराएर ग्राहकहरूलाई ईभी अपनाउने निर्णय अझ सहज बनाउन कार्निभल केन्द्रित रहनेछ ।

सम्बन्धित समाचारहरू

मुस्ताङबाट प्रस्थान गर्ने तयारीमा जेइको जे५ र जे६ ईभी

मुस्ताङबाट प्रस्थान गर्ने तयारीमा जेइको जे५ र जे६ ईभी

काठमाडौं पहिलो पटक मुस्ताङको कोरला नाकाबाट भित्रिएका जेइको जे५ र जे६ ईभी...

पहिलो हाई-भोल्टेज इलेक्ट्रिक बाइक लन्च, फुल चार्जमा २०० किमी रेन्ज दिने, ईभी चार्जर प्रयोग गर्न सकिने

पहिलो हाई-भोल्टेज इलेक्ट्रिक बाइक लन्च, फुल चार्जमा २०० किमी रेन्ज दिने, ईभी चार्जर प्रयोग गर्न सकिने

इलेक्ट्रिक सवारी साधन स्टार्टअप र्‍याप्टी डट एचभीले भारतमा आफ्नो पहिलो...

एम्वास्डर कार उत्पादन गर्ने हिन्दुस्तान मोटर्सले अव इभी निर्माण गर्ने

एम्वास्डर कार उत्पादन गर्ने हिन्दुस्तान मोटर्सले अव इभी निर्माण गर्ने

भारतको आइकनिक अटो निर्माता हिन्दुस्तान मोटर्सले इलेक्ट्रिक भेहिलको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...