सीएफमोटो बाइकमा ३५ हजार नगद छुट, फाइनान्स सुबिधा र बाली भ्रमणको अवसर

काठडमाडौं–सीएफमोटोको नेपालका लागि आधिकारिक बितरक ऋषि ट्रेड सेन्टरले फेस्टिभ अफर सार्वजनिक गरेको छ । कम्पनीले बिक्री गर्दै आइरहेको सीएफमोटोको प्रिमियम मोटरसाइकल एनके २५०, एनके ३०० र एमटी ४५० मोडलमा छुट्टा छुट्टै फेस्टिभ अफर दिइएको छ ।

यस अफरअन्तर्गत सीएफमोटोको एनके २५० मोटरसाइकल खरिद गर्दा ३५ हजार नगद छुट र एक्स्चेन्जमा ४५ हजारसम्मको एक्स्चेन्ज बोनस पाइने जनाएको छ । त्यसैगरी, ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदरको सुुबिधा पाइने छ भने ४० प्रतिशत डाउनपेमेन्टमा १५ हजार नगद छुट पाइने बताइएको छ ।

कम्पनीले एनके ३०० मोडलको खरिदमा एमटी कम्पनीको प्रिमियम हेल्मेट र सीएफमोटोको लोगो भएको एउटा हुडी प्रदान गर्ने जनाएको छ । साथै, एमटी ४५० को खरिदमा कम्पनीले १ वर्षमा ५ वटा फ्री राइड प्लान गराउने र एउटा एमटी हेल्मेट दिने छ ।

यसका अलावा बम्पर लक्की ड्र उपहारका रूपमा कम्पनीले भाग्यशाली ग्राहकलाई ४ रात ५ दिनका लागि बाली ट्रिप लाने बताएको छ । यो बम्पर अफर भने तीनवटै मोडलमा लागू हुने छ ।

मोटरसाइकल उत्पादनमा ३५ वर्ष अनुवभ बटुलेको सीएफमोटोका उत्पादन विगत ८ वर्षयता नेपाली बजारमा उपलब्ध रहँदै आएको छ । सन् २०२२ देखि रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले कारोबार थालेपछि कम्पनीले विक्रीपछिको सेवालाई गुणस्तरिय बनाउँदै लगेको छ ।

सीएफमोटोले हाल नेपाली बजारमा २५० एनके, ३०० एनके, ४५० एनके, ४५० एसआर र ४५० एमटी गरी कुल ५ वटा मोडल उपलब्ध गराएको छ । यीमध्ये, गत वर्ष लन्च भएको ४५० एमटी, प्रिमियम एड्भेन्चर सेग्मेन्टमा सर्बाधिक लोकप्रिय मोडलका रुपमा स्थापित भएको छ ।

सम्बन्धित समाचारहरू

अटो शोमा दुई नयाँ ब्राण्डका मोटरसाइकल लन्च हुने

अटो शोमा दुई नयाँ ब्राण्डका मोटरसाइकल लन्च हुने

काठमाडौं– ४ दिनपछि सुरु हुने नडा अटो शोमा यसपटक दुई नयाँ ब्राण्डका...

हाम्रै नेपालमा : पेट्रोल भरेर मोटरसाइकल स्टार्ट गर्न खोज्दा मोटरसाइकलमा आगो दन्किएपछि…

हाम्रै नेपालमा : पेट्रोल भरेर मोटरसाइकल स्टार्ट गर्न खोज्दा मोटरसाइकलमा आगो दन्किएपछि…

गुल्मीमा पेट्रोल भरेर स्टार्ट गर्न खोज्दा मोटरसाइकलमा अचानक आगलागी भएको...

ट्रायम्फ नेपालले सम्पन्न गर्‍यो ‘लिगेसी राइड : घान्द्रुक एडिसन’

ट्रायम्फ नेपालले सम्पन्न गर्‍यो ‘लिगेसी राइड : घान्द्रुक एडिसन’

ट्रायम्फ नेपालले लिगेसी राइड मोटरसाइकल र्‍यालीको चौथो संस्करण ‘ट्रायम्फ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...