रोयल इनफिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च, रेन्ज र मूल्य कति ?
रोयल इनफिल्डले अन्ततः भारतमा आफ्नो पहिलो इलेक्ट्रिक बाइक फ्लाइङ फ्ली सी६...
काठमाडौं – नेपाली बजारमा सीएफमोटोको २५० एसआर बाइक भित्रिएको छ । नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक अन्ना इन्टरनेसनलले स्पोर्ट्स रेसिङ सेगमेन्टको सो बाइक भित्र्याएको हो । यसको मूल्य ६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
यो बाइकमा २४९.२ सीसी सिंगल सिलिन्डर लिक्विडकुल्ड इन्जिन रहेको छ, जसले ९७५० आरपीएममा २७.४ एचपी पावर र ७५०० आरपीएममा २२ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्लिपर क्लच सहितको ६ स्पिड गियरबक्स छ ।
बाइकमा बोस ईएफआई सिस्टम रहेको छ । त्यसैगरी एलईडी लाइट, अपसाइड डाउन फोर्क र सीएसटी रेडियल टायर जस्ता विशेषता छन् । यसमा एबीएस र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ । यसलाई स्पोर्ट र रेन गरी दुई राइडिङ मोडमा चलाउन सकिन्छ ।
बाइकमा ७८० एमएम उचाईको सिट र १२ लिटरको इन्धन ट्यांकी छ । त्यसैगरी १३५ एमएमको ग्राउन्ड क्लियरेन्स छ । नेबुला ब्ल्याक र टर्कोइज ब्लु गरी यो बाइक दुई कलर अप्सनमा उपलब्ध छ ।
एसआरको अर्थ स्पोर्ट रेसिङ हो । उपयुक्त ह्यान्डलिङका साथ फुर्तिलो तरिकाले चलाउनका लागि यसको डिजाइन अद्वितीय र परिस्कृत बनाइएको छ । इन्ट्री लेवल स्पोर्ट रेसिङ बाइक बजारमा यो बाइक निकै नै प्रतिस्पर्धि मानिन्छ । यो ट्रयाक रेसिङ र डेली राइडिङ दुवैका लागि उपयुक्त मानिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...