जोङसेन बाइकले शुरु गर्यो पूर्बका सहरमा टेष्ट राइड कार्यक्रम
नेपाली बजारमा हालसालै भित्रिएको टु ह्विलर ब्रान्ड जोङसेनले पूर्बका...
काठमाडौं – नेपाली बजारमा सीएफमोटो १५० एनके मोटरसाइकल दुई नयाँ कलर भेरिएन्ट सहित उपलब्ध भएको छ । नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक अन्ना इन्टरनेसनल प्रालिले ग्रे र ब्लु गरी दुई कलर अप्सनमा यो मोटरसाइकल उपलब्ध गराएको हो ।
यो मोटरसाइकलको मूल्य समेत पहिलेको तुलनामा १४ हजार रुपैयाँले वृद्धि भई ३ लाख ३५ हजार ५ सय रुपैयाँ पुगेको छ ।
१५० एनकेमा १४९ सीसी सिगंल सिलिन्डर, लिक्विडकुल्ड इएफआई इन्जिन रहेको छ, जसले १४ बीएचपी पावर तथा १२.२ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पिडको ट्रान्समिसन रहेको यो बाइक १० लिटरको क्षमताको फ्यूल ट्यांक रहेको छ । सीएफमोटो १५०एनके बाइकमा अल डिजिटल डिस्प्ले, स्टाइलिस एलईडी डीआरएल, ईएफआई तथा ईसीयू सिष्टम र विभिन्न प्रकारका राइडिङ मोड उपलब्ध छ ।
आकर्षक सार्प लुक्स भएको यो बाइकमा एग्रेसिब हेडल्याम्प, दुई पिस सिट, लो पोजिसन राइडर सिट, स्पोर्ट्स तथा इकोनोमी राइडिङ अप्सन, ४० किलोमिटर माइलेज जस्ता बिशेषता रहेको छ । मोटरसाइकलमा सुरक्षालाई मध्यनजर गर्दै फ्रन्टमा २९२ एमएमको ट्विन पिस्टन क्यालिपर र रियरमा २२० एमएमको सिंगल पिस्टन क्यालिपर ब्रेक दिइएको छ । १५० एनकेको फ्रन्टमा यूएसडी टेलिस्कोप फ्रर्क र रियरमा सिंगल मोनेशक रहेको छ ।
युरो फाइभ मापदण्डमा आधारित इन्जिन भएको यो बाइकमा चेन स्पोकेट, मिरर र एक्जस्ट सिस्टम पहिले भन्दा रिफाइन भएर आएको छ ।
कम्पनीले सीएफमोटो २५० एनकेको मूल्यमा पनि १५ हजार रुपैयाँले वृद्धि गरेको छ । अब यसको मूल्य ५ लाख ६५ हजार ५ सय रुपैयाँ पुगेको छ ।
नेपाली बजारमा हालसालै भित्रिएको टु ह्विलर ब्रान्ड जोङसेनले पूर्बका...
काठमाडौं – बेनेली नेपालले भिडियोग्राफीको माध्यमबाट आफ्नो क्रिएटिभ...
काठमाडौं – नेपाली बजारमा बेनेली मोटरसाइकल बिक्री–वितरण गर्दै आएको केटीएम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...