बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – सीएफमोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८३ को अवसरमा ग्राहकमैत्री तथा आकर्षक योजना सार्वजनिक गरेको छ । अफर २०८२ साल चैत २० गतेदेखि २०८३ साल वैशाख ३१ गतेसम्म लागू हुने जनाइएको छ ।
योजनाअन्तर्गत सीएफमोटो २५० डुअल ईएफआई खरिद गर्ने ग्राहकहरूले नगद तथा फाइनान्स दुवै माध्यमबाट खरिद गर्दा ८ हजार ३०० रुपैयाँ सम्मको नगद छुट प्राप्त गर्नेछन् । साथै, एक्सचेन्जमार्फत मोटरसाइकल साट्ने ग्राहकहरूले बजार मूल्यभन्दा थप १५ हजार रुपैयाँ सम्मको अतिरिक्त लाभ पाउनेछन् ।
यसका अतिरिक्त, प्रत्येक ग्राहकलाई प्रिमियम एएसमके फुल फेस डवल भाइजर हेलमेट (एण्टी–फग प्रविधि सहित) उपहार स्वरूप प्रदान गरिने छ, जसले सुरक्षित तथा सहज राइडिङ अनुभव सुनिश्चित गर्ने विश्वास लिइएको छ ।
योजनालाई अझ आकर्षक बनाउन कम्पनीले लक्की ड्रमार्फत एकजना भाग्यशाली ग्राहकलाई १ लाख नगद क्यास ब्याक प्रदान गर्ने व्यवस्था समेत मिलाएको छ ।
सीएफमोटो २५० एनके र ३०० एनके मोडेलका लागि कम्पनीले क्रमशः ४ लाख ४९ हजार ९०० र ५ लाख ४९ हजार ९०० को नयाँ एमआरपी घोषणा गरेको छ ।

साथै, ग्राहकहरूले फुलफेस स्टडस हेल्मेट र सीएफमोटो प्रोटेक्टिभ हुडी पनि प्राप्त गर्नेछन् । यसले कम्पनीले आफ्नो नेकेड सेग्मेन्टमा अप्रत्याशित मूल्यमा प्रिमियम उत्पादन प्रस्तुत गर्ने सोच बनाएको देखाउँछ । त्यसैगरी, प्रिमियम तथा लोकप्रिय एड्भेन्चर मोडेल ४५० एमटी खरिद गर्ने ग्राहकका लागि विशेष प्याकेज उपलब्ध गराइएको छ, जसमा एड्भेन्चर राइडिङज्याकेट र प्रिमियम हेल्मेट समावेश छन् ।
जिहो एई८ इलेक्ट्रिक मोडेलको स्कुटरको हकमा विशेष मूल्य ४ लाख ४९ हजार ९०० सम्पूर्ण अफर अवधिभर यथावत रहने कम्पनीको भनाई छ ।
बिक्रीसँगै सीएफमोटो नेपालले आफ्नो अफ्टर–सेल्स सेवामा समेत प्रतिबद्धता जनाउँदै सेवा सञ्जाल विस्तार गर्ने घोषणा गरेको छ । कम्पनीले नयाँ वर्षको सुरुवातदेखि देशभर सेवा पहुँच विस्तार गर्ने योजना बनाएको छ जसले काठमाडौं उपत्यका बाहिरका ग्राहकहरूलाई पनि सहज सेवा उपलब्ध गराउने बताइएको छ ।
साथै, सीएफमोटो ग्लोबलको पहलमा २०२५ जनवरी १ देखि स्पेयर पाट्र्सको मूल्य उल्लेखनीय रूपमा घटाइएको छ, जसले ग्राहकमैत्री वातावरण सिर्जना गर्नुका साथै तेस्रो मुलुकबाट आयात हुने स्पेयर पाट्र्स महंगा हुन्छ भन्ने धारणा परिवर्तन गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
कम्पनीका अनुसार, यसै विस्तार योजनाअन्तर्गत वैशाख २०८३ भित्र चितवन र पोखरामा थ्रीएस अवधारणाका शोरुमहरू सञ्चालनमा ल्याइनेछ भने आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकभित्र बुटवल र इटहरीमा समेत विस्तार गरिनेछ । यस कदमले देशभरका ग्राहकहरूलाई सेवा, स्पेयर पाट्र्स तथा नयाँ मोडेलहरूमा सहज पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...