एक वर्षमा सीएफमोटो एमटी ४५०, नाइमा एक्सपोमा नयाँ ग्राफिक्सको अपग्रेड मोडलका साथै अर्को बाइक लन्च हुने

सीएफ मोटोको प्रिमियम मोटरसाइकल एमटी ४५० नेपाल भित्रिएको १ वर्ष पुरा भएको छ । गत नाडा अटो शोमार्फत बिक्री सुरु गरिएको एमटी४५० छोटो अवधिमै नेपाली एड्भेन्चर बाइक पारखीको ड्रिम बाइक बन्न सफल भएको छ ।

प्रिमियम फिचरले सुसज्जित एमटी ४५० अन्तर्राष्र्टिय रुपमै ख्याति प्राप्त एक मजुवत एड्भेन्चर मोटरसाइकल हो । यस मोटरसाइकललाई नेपाली बजारमा रिलायन्स ग्रुप अन्तर्गनको ऋषि ट्रेड सेन्टरले बिक्री गर्दै आएको छ । सीएफ मोटो एमटी ४५० पछिल्लो समय नेपालको प्रिमियम एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा मार्केट लिडर बन्न सफल भएको छ ।

नेपाल भित्रिएको १ वर्ष अवधिमा १५० युनिट भन्दा बढी एमटी ४५० बिक्री भैसकेको र माग बढिरहेको कम्पनीका महाप्रबन्धक उज्ज्वल जोशीले बताए । उनका अनुसार, एमटी ४५० लाई विशेषगरी, यसको अफरोड पर्फमेन्सबारे जानकार राइडरले खोजीखोजी लिने गरेका छन् ।

एमटी ४५० सँगको एड्भेन्चर राइडलाई प्रमोट गर्ने उद्देश्यसहित गत वैशाखमा ऋषि ट्रेड सेन्टरले अपर मुस्ताङसम्मको यात्रा सम्पन्न गरेको थियो । उक्त राइडमा नेपाल, भारत र चीनबाट १ दर्जन बढी राइडर सहभागी भएका थिए । १ हजार किलोमिटर बढी यात्रा गरेका उनीहरुले यसको अफरोड पर्फमेन्सबारे खुलेरै प्रशंसा गरेका थिए ।

चालु आर्थिक वर्षमा कम्पनीले नेपाली बजारमा २५० युनिट भन्दा बढी बिक्री गर्ने लक्ष्य लिएको बताएको छ ।

आगामी साउन २१ देखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्सपोमा नयाँ ग्राफिक्स सहितको अपग्रेडेड मोडल सार्वजनिक गर्ने कम्पनीको भनाइ छ । नयाँ ग्राफिक्स सहितको सो मोडलका साथै सीएफमोटोको नयाँ नेकेड सेगमेन्टको बाइक ३००एनकेको औपचारिक लन्च समेत हुने बताइएको छ ।

यस्तो छ मोटरसाइकल
सीएफ मोटो एमटी ४५० मा ४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ४४ एचपी पावर र ४४ एनएम टर्क जेनेरेट गर्छ । सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ । बाइकमा पूर्ण रूपमा डिजिटल ६ इन्च फराकिलो टीएफटी डिस्प्ले छ । मोटरसाइकलमा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ ।

यसमा बोस ट्रयाक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशिल्ड र केवाईबी सस्पेन्सन रहेको छ । बाइकमा एर्गोनोमिकली डिजाइन गरिएको सिट छ । बाइकको विन्डस्क्रिनले हावाको प्रतिरोध घटाएर लामो यात्रामा थकान निकै नै कम गर्छ । १७ लिटरको ठूलो फ्युल ट्यांकले रिफ्युलिङ बिना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउँछ ।

बाइकको २२० एमएम ग्राउन्ड क्लियरेन्सका साथै फ्रन्ट टायरको टेलिस्कोपिक फोर्क र पछाडिको टायरको मोनोशकले जस्तोसुकै भूभागमा पनि आरामदायी यात्रा सुनिश्चित गर्छ । एड्भेन्चर सेग्मेन्टमा सबैभन्दा पावरफुल मानिने यस मोटरसाइकलको मुल्य १२ लाख ५० हजार रुपैयाँ पर्छ ।

सम्बन्धित समाचारहरू

यी हुन् विश्वका पाँच सबैभन्दा महँगा मोटरसाइकल

यी हुन् विश्वका पाँच सबैभन्दा महँगा मोटरसाइकल

विश्वको सबैभन्दा महँगो मोटरसाइकल कुन हो? यसको बारेमा कहिले सोच्नु भएको छ ?...

एकै पटक २०० युनिट ट्रायम्फ मोटरसाइकल डेलिभरी

एकै पटक २०० युनिट ट्रायम्फ मोटरसाइकल डेलिभरी

काठमाडौं – नेपाल भित्रिएको औपचारिक रुपमा घोषणा गरिएको केही समय पछि नै एकै...

हिरोको नजिक पुग्यो होन्डा वाइकको बिक्री, यी हुन् जुलाईमा भारतमा बिक्री भएका ६ ठूला ब्रान्ड

हिरोको नजिक पुग्यो होन्डा वाइकको बिक्री, यी हुन् जुलाईमा भारतमा बिक्री भएका ६ ठूला ब्रान्ड

भारतको दोस्रो ठूलो टु ह्विलर उत्पादक होन्डाले जुलाई महिनामा मोटरसाइकल र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...