बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–नेपाली बजारमा हालै लन्च गरिएका सीएफ मोटो मोटरसाइकल र जीहो इलेक्ट्रिक स्कुटरको टेष्ट राइड र बुकिङ खुला भएको छ । नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले यी बाइकको टेष्ट राइड र बुकिङ खुला गरेको हो ।
सीएफ मोटोको एनके २५०, एसआर २५० र एनके ४५० मोटरसाइकल तथा जीहो ब्राण्डको इलेक्ट्रिक स्कुटर एई६ एलआर(डबल ब्याट्री र सीटी स्पोर्टसलाई सोरुममा गएर टेष्ट राइड एबं बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीको नक्साल, झम्सिखेल र सल्लाघारीस्थित सोरुममा गएर बाइकको टेष्ट राइड तथा बुकिङ गर्न सकिनेछ ।
कम्पनीले बिक्री सुरु गरेको जिहो एई६ प्लस सिंगल ब्याट्री भेरिएन्टको मूल्य ३ लाख ४४ हजार ९०० र डवल ब्याट्री भर्सनको ३ लाख ९४ हजार ९०० तोकेको छ । अर्को नयाँ बाइक सिटी स्पोर्टको मूल्य ३ लाख ४९ हजार ९०० निर्धारण गरिएको छ ।
यसैगरी, सीएफ मोटो २५० एनकेको ५ लाख ९९ हजार, २५० एसआरको ६ लाख ७४ हजार ९०० र ४५० एनकेको ११ लाख १९ हजार ९०० निर्धारण गरिएको छ ।
सीएफ माटो र जीहोका उत्पादनको बिक्री वितरण एबं स्पेयर पार्ट्स र सर्भिस उपलब्ध गराई ग्राहकलाई सहज सेवा उपलब्ध गराउने हेतुले नयाँ वितरकका रुपमा ऋषि ट्रेड सेन्टर छनोट भएको कम्पनी स्रोतको भनाई छ ।
ग्राहक सेवालाई प्राथमिकतामा राखी कम्पनीले समय सापेक्षिक योजना तथा नयाँ उत्पादनहरु सार्बजनिक गर्ने योजना बनाएको छ । कम्पनीका अनुसार सर्भिस क्याम्प, ग्राहक साक्षात्कार कार्यक्रम तथा रोड साइड सहायता सेवा लगायतका विभिन्न कार्यहरुको समेत सुरुवात भइसकेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...