महिन्द्राका पुराना सर्टिफाइड गाडी किन्न पाइने, एकै पटक खुल्यो चार शोरुम

काठमाडौं – अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले हालै नेपालमा प्रमाणिकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारीसाधनहरूका बिक्री, सेवा र स्पेयर पार्ट्स सेटअपसहितको पहिलो आधिकारिक (सर्टिफाइड) शोरूम सञ्चालमा ल्याएको घोषणा गरेको छ ।

कम्पनीले चार फरक स्थान काठमाडौं, इटहरी, भरतपुर र भैरहवामा एकै साथ शोरुम उद्घाटन गरेको छ र कम्पनीले चाँडै नै पोखरा तथा देशका अन्य स्थानहरूमा आफ्नो शाखा विस्तार गर्ने योजना बनाएको बताएको छ ।

नेपाली बजारको इतिहासमा बिक्री, सेवा र स्पेयर पार्ट्स सुविधाको अवधारणासहित प्रमाणिकरणयुक्त (सर्टिफाइडड) प्रयोग गरिएको सवारी साधन ल्याइएको यो पहिलो पटक हो । अबदेखि ग्राहकहरूले नेपाली बजारमा प्रमाणित प्रयोग भइसकेका महिन्द्रा सवारी साधनहरू खरिद गर्न सक्नेछन् ।

बिक्री, सेवा र स्पेयर पार्ट्स सुविधाहरूका साथ प्रमाणीकरणयुक्त सवारी साधनहरू (सर्टिफाइड युज्ड भेइकल्स) स्थापनाको मुख्य उद्देश्य भनेको ग्राहकहरूलाई थप सुविधाजनक र किफायती बनाएर प्रमाणीकरणयुक्त महिन्द्रा सवारी साधनहरू र यसका गुणस्तरीय सेवाहरूमा पहुँचको थप सुविधा प्रदान गर्नु हो । अहिलेका लागि विशेष रुपमा महिन्द्राका प्रयोग भइसकेका युटिलिटी सवारी साधनहरू, एसयूभी, पिकअपमा कम्पनी मुख्य रूपमा केन्द्रित रहने बताइएको छ ।

अग्नि ग्रुपका कार्यकारी निर्देशक सुसन वैद्य श्रेष्ठले विश्वभर लोकप्रिय भइरहेका महिन्द्राका यस्ता गाडीहरु अब नेपालमा पनि उपलब्ध हुने बताइन् । उनका अनुसार ग्राहकहरूले प्रयोग भइसकेका सवारी साधनहरू २०० चेकप्वाइन्ट निरीक्षणसहित १२/७ सर्भिस सुविधा, सक्कली स्पेयर पार्ट्स र सक्कली सहायक सामग्री (एसेसरिज), बडी एन्ड पेन्ट्स सुविधा, भेइकल ग्रुमिङ सेवासहितका सेवासुविधासहित पाउन सक्ने छन् ।

कुनै पनि प्रयोग भइसकेका सवारी साधन बिक्री गर्नुभन्दा अघि अग्नि आस्थाले सवारीहरूलाई मल्टीप्वाइन्ट निरीक्षणका साथ प्रमाणीकरण गर्ने सुनिश्चित गरेको छ । अब ग्राहकहरूले महिन्द्रा सवारी साधनहरू यो वेबसाइटमार्फत किनबेच गर्न सक्ने छन् ।

सम्बन्धित समाचारहरू

स्कोर्पियो-एनमा आधारित नयाँ पिकअप ट्रक ल्याउँदै महिन्द्रा

स्कोर्पियो-एनमा आधारित नयाँ पिकअप ट्रक ल्याउँदै महिन्द्रा

महिन्द्राले आफ्नो लोकप्रिय एसयूभी स्कोर्पियो एनको फेसलिफ्टसँगै नयाँ...

बालाजु अटो वर्क्स सवैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित

बालाजु अटो वर्क्स सवैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित

महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्स...

महिन्द्राको नयाँ अफ-रोड एसयूभी थार रक्स लन्च, फोर्स गोर्खासँग प्रतिस्पर्धा गर्ने

महिन्द्राको नयाँ अफ-रोड एसयूभी थार रक्स लन्च, फोर्स गोर्खासँग प्रतिस्पर्धा गर्ने

महिन्द्रा एण्ड महिन्द्राले थार रक्स भारतीय बजारमा लन्च गरेको छ । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...