गोरखपुर–सुनौली हाइवेको निर्माण : अब ८ घण्टामै नेपालबाट दिल्ली पुगिने
भारतको दिल्लीबाट नेपालको यात्रा अब थप सजिलो बनेको छ। वर्षौंदेखिको लामो...
सिएट टायरले हालै रोयल इन्फिल्डको नयाँ बाइक मेटियर ३५० मा सिएट टायर जडान गरिने जानकारी दिएको छ । रोयल इन्फिल्ड मेटियर ३५० को सबै भेरिएन्टमा स्एिटको टायर जडान गरिनेछ । रोयल इन्फिल्ड मेटियर ३५० मा जुम प्लस रेन्ज टायरको प्रयोग गरिनेछ ।
रोयल इन्फिल्डको सो बाइकमा सिएटको ट्युबलेस टायर प्रयोग गरिनेछ । यो भन्दा पहिला रोयल इन्फिल्डको अन्य बाइकमा सिएट टायर प्रयोग गरिएको छ । यसमा बुलेट, क्लासिक ३५०, बुलेट इलेक्ट्रा ३५०, क्लासिक ५०० र हिमालयन समावेश रहेको छ ।
रोयल इन्फिल्ड मेटियर ३५० एक क्रुजर बाइक हो र सो बाइक लामो दुरी यात्राको लागि उपयुक्त रहेको छ । चाँडै नै सो बाइकको डेलिभरी शुरु गरिनेछ ।
रोयल इन्फिल्ड मेटियर ३५० तीन भेरिएन्ट फायरबल, स्टेलर र सुपरनोभामा उपलब्ध रहेको छ । यसको टप स्पेक भेरिएन्टको मूल्य १ लाख ९० हजार भारु रहेको छ । सो मोडल नयाँ प्लेटफर्ममा तयार पारिएको हो । साथै सो बाइक कुल ७ कलरमा उपलब्ध हुनेछ ।
बाइकमा सस्पेन्सनको लागि अगाडि टेलिस्कोपिक फोर्क, ट्विन साइड रियर शक एब्जर्बर समावेश गरेको छ । ब्रेकिङको लागि दुबै तर्फ सिंगल डिस्क समावेश गरेको छ । यसको साथै ड्युअल च्यानल एबीएस समावेश छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...