चलिरहेको ट्रकलाई सडकमै वायरलेस चार्ज गर्ने प्रविधि सफल
अमेरिकी इन्जिनियरहरूले विद्युतीय सवारी साधन चार्जिङ क्षेत्रमा ऐतिहासिक...
काठमाडौँ - दशै सुरू भएसँगै सधैजसो राजधानी बाहिर जान तछाडमछाड गर्ने नेपालीहरुमा यस पटक त्यस्तो उत्साह देखिएन । राजधानी छाड्नेहरूको संख्या यसपालि अपेक्षाकृत कम भएको छ । घटस्थापनादेखि नवौँ दिनसम्म करिब छ लाख मानिसले काठमाडौँ छाडेका छन्, जुन गत वर्षको तुलनामा कम हो ।
यातायात विज्ञ आशिष गजुरेलका अनुसार यस वर्ष दशैमा धेरैले यात्रा गर्न हिच्किचाउनुका पछाडि विभिन्न कारण रहेका छन् । उनका अनुसार जेनजी आन्दोलनको प्रभावले मानिसमा गत वर्षजस्तो चाडपर्वको उत्साह नदेखिएको हो भने, सडकको अवस्था र लगातार पहिरोका कारण यात्रा जोखिमपूर्ण बनेको छ।
दशैको मुखैमा मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो खस्दा ४० घण्टाभन्दा बढी यात्रुहरू अलपत्र पर्नु परेको घटनाले अझै धेरैलाई डराएको उनले बताएका छन्।
यस्तै मनसुनको समयमा दशै परेको कारण यात्रा कठिन बनेको र मागअनुसार सिट वा टिकट उपलब्ध नहुँदा पनि धेरैले अनावश्यक भीडभाडपूर्ण यात्रा नगरेको उनको भनाइ छ । “धेरै वा चौडा सडक बनाउनुभन्दा पनि व्यवस्थित र सुरक्षित यात्रा गर्ने व्यवस्थापन गर्नतर्फ सोच्नु जरुरी छ,” उनले भने। यात्रा अव्यवस्थित हुँदा गाउँमा अहिले पहिले जस्तो दशैको अनुभव नभएको उनको तर्क छ ।
अबको उपायबारे सुझाव प्रस्तुत गर्दै गजुरेलले रहेका सडकहरूको अध्ययन गरेर सुरक्षित बनाउन लगानी गर्नुपर्ने, सार्वजनिक यातायात सुधार गर्नुपर्ने र दशैंजस्ता अवसरमा अतिरिक्त बस व्यवस्थापनका लागि स्कुल तथा कलेजका बस प्रयोग गर्ने व्यवस्था मिलाउन सकिने बताए।
उनले नयाँ सरकारले सडक निर्माण मात्र होइन, यातायात व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। यातायात व्यवस्थापनको एउटा पाटो मात्र सडक निर्माण भएको कुरालाई नयाँ सरकारले पनि बुझ्नु पर्ने उनको भनाइ छ ।
अमेरिकी इन्जिनियरहरूले विद्युतीय सवारी साधन चार्जिङ क्षेत्रमा ऐतिहासिक...
काठमाडौँ – यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न...
म्याग्दी- दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...