डिस्क ब्रेकमा किन हुन्छ प्वाल ?

ब्रेकिङ सिस्टममा लगातार सुधार भइरहेको छ । ब्रेकिङ सिस्टम अन्तर्गत डिस्क ब्रेक र ड्रम ब्रेक उपलब्ध छ । दुबै ब्रेकिङ सिस्टमको आ–आफ्नै विशेषता र मूल्य हुन्छ । मिडियम रेन्जको बाइकमा डिस्क ब्रेकको प्रयोग कम गरिन्छ ।

डिस्क ब्रेकमा धेरै प्वालहरु हुन्छ । आखिर किन यी प्वाहरु राखिएका हुन् त ? कहिल्यै यसको बारेमा सोच्नु भएको छ । आउनुहोस् यसको बारेमा केही चर्चा गरौं ।

डिस्क ब्रेकको प्रयोग विभिन्न प्रकारको सवारी साधनमा गरिन्छ । कारमा त झन् अलोय ह्विल पनि समावेश गरिएको हुन्छ । डिस्क ब्रेक ड्रम ब्रेकको तुलनामा निकै सुरक्षित हुन्छ । साथै सवारी साधन कन्ट्रोलिङको लागि पनि डिस्क ब्रेकमा धेरै प्वाल राखिएको हुन्छ । पानीमा वा हिलोमा कार चलाउँदा पनि हिलो यही प्वालबाट निस्कियोस् भन्नका लागि पनि यस्ता प्वाल बनाइएका हुन्छ । प्वाल भएका कारणले गर्दा पानी पनि चाँडै सुक्छ ।

सेफ्टीका लागि पनि डिस्क ब्रेक निकै महत्वपूर्ण फिचर हो । यसको प्रयोगले ब्रेक लगाउँदा ब्रेक प्लेट र ब्रेक प्याड बीचको घर्षणले कार चाँडै रोक्छ । बारम्बार ब्रेक लगाउँदा डिस्क ब्रेकमा प्वाल हुने हुनाले यो चाँडै भाँचिदैन । प्वालहरु धेरै भएकाले हावा सजिलै पास हुन्छ र पुनः पहिला कै स्थितिमा आउँछ । यसले दुर्घटना हुने सम्भावनालाई पनि कम गर्छ ।

डिस्क ब्रेक ड्रम ब्रेकको तुलनामा पनि निकै आकर्षक देखिन्छ । यसलाई सर्भिस गर्न पनि कम खर्च लाग्छ । यसका साथै बारम्बार ब्रेक शु परिवर्तन गर्ने झन्झटबाट पनि मुक्त भइन्छ ।

सम्बन्धित समाचारहरू

अवैध स्पेयर पार्ट्सको व्यापार बढ्दै, वार्षिक ७ अर्ब राजस्व गुमाउदै सरकार

अवैध स्पेयर पार्ट्सको व्यापार बढ्दै, वार्षिक ७ अर्ब राजस्व गुमाउदै सरकार

काठमाडौं – अहिले नेपाली बजारमा १४ अर्ब बराबरको अवैध रुपमा गाडीहरुका...

बाइककाे इन्जिन समस्याबारे यस्तो आयो कम्पनीको स्पष्टिकरण

बाइककाे इन्जिन समस्याबारे यस्तो आयो कम्पनीको स्पष्टिकरण

इटालियन मोटरसाइकल निर्माता अप्रिलियाले भारतमा सन् २०२३ मा लन्च गरेको...

आरएसके ट्रेडले ल्यायो हिरो एक्सपल्सको मिरर, सुलभ मूल्यमा उपलब्ध हुने

आरएसके ट्रेडले ल्यायो हिरो एक्सपल्सको मिरर, सुलभ मूल्यमा उपलब्ध हुने

काठमाडौं– स्पेयर पार्ट्स व्यवसायमा स्थापित कम्पनी आरएसके ट्रेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...