जेइको जे५ अब दुई भेरियन्टमा, मूल्य ४७ लाख ९९ हजार देखि
काठमाडौं – नेपालमा ओमोडा तथा जेइकोका सवारीसाधनको आधिकारिक वितरक एसपीजी...
काठमाडौं–चिनियाँ बजारमा तीव्र प्रतिस्पर्धा र छोटो समयमै नयाँ मोडलहरू उत्पादन गर्ने होडबाजीका कारण ब्याट्रीको गुणस्तरमा गम्भीर समस्या देखिन थालेको छ ।
विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलका अध्यक्ष रोबिन जेङका अनुसार सन् २०२६ मा मात्रै चीनमा ६०० भन्दा बढी नयाँ मोडलका गाडीहरु सार्वजनिक भइसकेका छन्, जसको औसत हिसाब गर्दा दैनिक करिब ३ वटा हुन आउँछ ।
गाडी उत्पादनको परीक्षण र गुणस्तर मापन गर्ने समय सीमा निकै घटाउँदा धेरै कम्पनीका ब्याट्रीहरूमा सामूहिक रूपमा खराबी आउने समस्या बढेको उनले बताए ।
सिचुआन प्रान्तमा आयोजित पावर ब्याट्री सम्मेलनमा बोल्दै जेङले बजारमा तीव्र मूल्य कटौती र उत्पादन बढाउने दबाबका कारण उद्योगहरूले सुरक्षा र गुणस्तरमा सम्झौता गरिरहेको संकेत गरे ।
हालैका दिनहरूमा चिनियाँ बजारमा जिली, सनवोडा र जीएसी आयनजस्ता ब्रान्डका गाडीहरूमा ब्याट्री सुन्निने, क्षमता घट्ने र प्राविधिक खराबी आउने जस्ता गम्भीर मुद्दाहरू अदालतसम्म पुगिसकेका छन् ।
सीएटीएलका अनुसार यस्ता जोखिमहरू कम गर्न कम्पनीहरूले पार्टस–पर–बिलियन स्तरको कडा गुणस्तर नियन्त्रण र कडा परीक्षण प्रणाली लागू गर्नु अति आवश्यक भइसकेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...