क्याटलले ग-यो १ हजार किलोमिटर रेन्ज दिने स्केटवोर्ड चेसिसको सफल परिक्षण

इलेक्ट्रिक भेइकलमा प्रयोग हुने ब्याट्रीको उत्पादनमा ख्याती कमाएको क्याटलले स्केटबोर्ड चेसिसको सफल परिक्षण गरेको छ । होजोन मोटर्ससंगको साझेदारीमा विकास गरिएको सो चेसिस प्रयोग भएको कारले सिंगल चार्जमा १ हजार किलोमिटर रेन्ज दिएको कम्पनीले जनाएको छ । नेटा एस बी क्लास सेडान कारमा सो चेसिस सेयर गरेर परिक्षण गरिएको हो ।

परिक्षणका दौरान नेटा एसले १०.२५ किलोवाट आवरको विद्युत खपतमा १०० किलोमिटर रेन्ज दिएको थियो भने कारलाई ५ मिनेट चार्ज गर्दा ३०० किलोमिटर गुडेको थियो । सो नयाँ चेसिस प्रयोग भएको कार अर्को वर्ष लन्च हुने कम्पनीले जनाएको छ ।

क्याटल इन्टिग्रेटेड इन्टेलिजेन्ट चेसिस समेत भनिने स्केटबोर्डमा कम्पनीले ब्याट्री, इलेक्ट्रिक मोटर र अन्य जटिल कम्पोनेन्टलाई एउटै प्लेटफर्मममा सामेल गरेको छ ।

सो चेसिस सेयर गरी कार निर्माण गर्दा उत्पादन लागत कम पर्ने, भेइकलको तौल कम हुनुको साथै इनर्जीको खपत समेत कम हुने जनाइएको छ । साथै कारभित्रको प्यासेन्जर स्पेस समेत पर्याप्त हुने दाबी गरिएको छ ।

स्केटबोर्ड चेसिसलाई कम्पनीले हाई भोल्टेज र लो भोल्टेज सिस्टममा ल्याउनुको साथै नयाँ स्टेरिङ एण्ड ब्रेकिङ सिस्टम, चेसिस डोमेन कन्ट्रोलर र सेल–टु–चेसिस टेक्नोलोजीलाई समेत प्रयोगमा ल्याउने उद्घोष गरेको छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय सवारी साधनको महत्व बढिरहेको सम्बन्धित व्यक्तिहरुको भनाइ

विद्युतीय सवारी साधनको महत्व बढिरहेको सम्बन्धित व्यक्तिहरुको भनाइ

काठमाडौं – सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, यातायात व्यवसायी,...

टाटा पन्चको टिजर सार्वजनिक, थाहा भयो केही फिचर

टाटा पन्चको टिजर सार्वजनिक, थाहा भयो केही फिचर

टाटा पन्च ईभी लन्च हुनु अघि सो कारको टिजर सार्वजनिक भएको छ । कम्पनीले टाटा...

नेपालमा मोटर बिमाको अवस्था सुधारका लागि ६ सुझाव

नेपालमा मोटर बिमाको अवस्था सुधारका लागि ६ सुझाव

नेपालमा सवारी साधन अर्थात मोटर बिमा बिस्तारमा अटो व्यवसायको महत्वपूर्ण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...