जगदम्बा मोटर्सद्वारा फारिजोन र चेरी वान्डाका विद्युतीय भ्यान सार्बजनिक यस्तो छ मूल्य र विशेषता
काठमाडौं– काठमाडौंको भृकुटीमण्डमा जारी नाइमा मोबिलिटी एक्सपोमा जगदम्बा...
सवारीसाधनको कुम्भ मेला ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ राजधानीको भृकुटीमण्डपमा उत्साहका साथ सञ्चालन भइरहेको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गरेको यो एक्स्पोमा विद्युतीय गाडीकै वर्चश्व देखिन्छ । प्यासेन्जर कार मोटरसाइकल र कमर्सिय भेइकल गरी कुल ५० वटा ब्रान्ड सहभागी मेलामा ३ दर्जन हाराहारी नयाँ मोडलका सावरीसाधन लन्च गरिएका छन् ।
यसरी लन्च हुने सवारीसाधनमा इलेक्ट्रिक कार (ईभी) को संख्या निकै उच्च छ । मेलामा बीवाईडी, जेको, लिपमोटर,फक्सवागन, म्याक्सस र महिन्द्राले नयाँ मोडल लन्च गरे भने फरथिङ ब्रान्डका ईभी पहिलोपटक औपचारिक रुपमा नेपाल भित्रिएको घोषणा गरियो ।
एक्सपो अवलोकन गर्न आउने ग्राहकलाई आफ्नो स्टलसम्म तान्न बिक्रेता कम्पनीहरुले नगद छुट सहितको आकर्षक अफर ल्याएका छन् । एउटै गाडीमा २५ लाख रुपैयाँसम्म मूल्य घटाएर बिक्री गर्ने घोषणा गरिएका कारण नाइमा मोबिलिटी एक्सपोमा एक प्रकारको ‘प्राइस वार’ नै चलेको मान्न सकिन्छ ।
कुन गाडीमा कति छुट र कस्तो अफर ?
मोबिलिटी एक्स्पोमा प्यूजो एसयूभीमा सबैभन्दा धेरै २५ लाख रुपैयाँ छुट घोषणा गरिएको छ । सांग्रिला मोटर्स आधिकारिक वितरक रहेको प्यूजो एसयुभीमा कम्पनीले २५ लाख छुट दिएको हो । यसअघि १ करोड ७५ लाख रुपैयाँ पर्ने प्यूजो एसयूभीलाई कम्पनीले १ करोड ५० लाखमै बिक्री गर्ने जनाएको हो ।
दोस्रो धेरै नगद छुट निसान लिफ इलेक्ट्रीक एसयूभीमा २० लाख रुपैयाँ घोषणा गरिएको छ । निसानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले २०२२ मोडलको लिफमा २० लाख रुपैयाँ छुट घोषणा गरेको हो । कम्पनीले यसअघि ६४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको लिफलाई अब ४४ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न पाइनेछ ।
यसैगरी पायोनियर मोटोकर्प नै आधिकारिक वितरक रहेको जीकर एक्समा पनि १५ लाख रुपैयाँ छुट दिइएको छ । कम्पनीले सुरूमा ८४ लाख ९९ हजार मूल्य राखेर बिक्री सुरू गरेको जीकर एक्स नाइमामा ६९ लाख९९ हजार रुपैयाँमै दिने भएको हो । यसअघि पनि एकै पटक १० लाख मूल्य कटौती गरेर ७४ लाख ९९ हजार बनाएको कम्पनीले फेरि ५ लाख रुपैयाँले मूल्य घटाएको हो ।

त्यस्तै, लीपमोटर बी१० मा १० लाख रुपैयाँ छुट दिइएको छ । लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले बी१० क्रसओभर एसयूभीलाई दुई भेरियन्टमा नेपाल ल्याएको हो । कम्पनीले यसअघि यसको मूल्य ६० लाख रुपैयाँ तोकेकोमा नाइमा अफर अन्तर्गत ४९ लाख ९९ रूपैयाँमै उपलब्ध गराउने भएको हो । त्यसैगरी कम्पनीले सी१० मा ५ लाख र टी०३ मा २ लाख नगद छुट दिएको छ । नगद छुटपछि सी१० को मूल्य ६५ लाखमा झरेको छ भने टी०३ लाई २८ लाख रुपैयाँ पर्छ ।

म्याक्ससको मिफा७ एमपीभीमा १० लाख रुपैयाँ नगद छुट दिइएको छ । नेपालका लागि म्याक्ससको आधिकारिक बिक्रेता हिमालयन मोट्रक्सले मिफा७ को मूल्य १ करोड २५ लाख रुपैयाँ तोकेर बुकिङ लिन सुरू गरेको हो । एक्स्पोभरी बुकिङ गर्ने ग्राहकले १० लाख रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ । सो अनुसार ग्राहकले १ करोड १५ लाख रुपैयाँमै मिफा७ पाउने छन् । त्यस्तै, कम्पनीले केही समय अघि सार्वजनिक गरेको म्याक्सस ई टेरन९ मा पनि ५ लाख रुपैयाँ छुट दिएको छ । यसको मूल्य १ करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

हुन्डाईका गाडीहरूमा ८ लाख रुपैयाँसम्म छुट पाइने भएको छ । हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित सबै मोडलका गाडीमा ८ लाख रुपैयाँसम्म छुट दिएको हो । साथै, १वर्षको निःशुल्क बीमा र विशेष छुटहरू प्राप्त गर्नेछन् । यसका अवला हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी पनि पाउने छन् । यस योजनामा बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमणको अवसर प्रदान गरिने कम्पनीले जनाएके छ । यसका अतिरिक्त, स्टलमा गाडी बुक गर्ने ग्राहकहरू दैनिक विशेष उपहारहरूको लागि छनोट हुनेछन् । हाल नेपालमा हुन्डाईका ग्राण्ड आइ१० नियोस्, भेन्यु, क्रेटा इलेक्ट्रीक, क्रेटा आइसई र आयोनिक५ मोडल उपलब्ध छन् ।

जेइको जे५ मा ४ लाख रुपैयाँ छुट दिइएको छ । ओमोडा/जेकोको आधिकारिक बिक्रेता एपीजी अटोमोबाइलले एक्स्पोमार्फत औपचारिक लन्च गरेको जेको जे५ मा ४ लाख रुपैयाँ छुट दिएर बुकिङ लिन सुरू गरेको हो । त्यसैगरी, कम्पनीले ओमोडा ई५ मा पनि ७ लाख रुपैयाँ छुट दिएको छ । कम्पनीले जे५ एसयूभीको मूल्य ६० लाख ९९ हजार रुपैयाँ तोकेको छ । त्यसमा ४ लाख रुपैयाँ नगद छुट दिएर ५६ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने भएको हो । यसअघि ६१ लाख ९९ हजार रुपैयाँ पर्ने ओमोडा ई५ लाई अव ५४ लाख ९९ हजारमै खरिद गर्न पाइनेछ ।

एक्सपोमार्फत औपचारिक रुपमा नेपाल प्रवेश गरेको फरथिङ फ्राइडे इलेक्ट्रीक एसयूभीमा ८ लाख रुपैयाँ छुट दिइएको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई–मोबिलिटीले यसअघि फरथिङ फ्राइडेको लग्जरी भेरियन्टको मूल्य ५४ लाख ९६ हजार रुपैयाँ तोकेको थियो । अहिले ६ लाख रुपैयाँ छुट दिई ४८ लाख ९६ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो । साथै, ग्राहकले ७.३ किलोवाटको चार्जर, ८ वर्षको वारेन्टी, ६ वर्षको निःशुल्क वारेन्टी दिएको छ ।

बीवाइडीले मोबिलिटी एक्सपोमा एटो१ बुकिङ गर्ने ग्राहकलाई विशेष अफर दिएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले नगद छुट, निःशुल्क १ वर्षको अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको एक्सटेन्डेड वारेन्टी, १० वर्षसम्म निःशुल्क एप कनेक्टिभिटी सब्स्क्रिप्सन उपलब्ध गराएको छ ।

जगदम्बा मोटर्सले बिक्री गर्ने प्रोटोन ईमास७ मा ३ लाख रुपैयाँ नगद छुट सहित विभिन्न अफरहरु दिइएको छ । नाइमा मोबिलिटी एक्सपोमा कम्पनीले ४ वर्षका लागि शून्य प्रतिशत ब्याजदरमा अटो कर्जा, ब्याट्रीमा ८ वर्षको अनलिमिटेड माइलेज वारेन्टि र एक्सचेन्ज गर्न चाहनेका लागि पुरानो गाडीमा उत्कृष्ट मूल्यांकन दिनेछ ।

एमजीको आधिकारिक वितरक पारमाउन्ट मोटर्सले नाइमा मोबिलिटी एक्सपोकै लागि भनेर एस५ र एमजी आईएम६ मा नगद छुटको घोषणा गरेको छ । कम्पनीले एस५ मा ३ लाख ५० हजारसम्म छुट दिएको छ भने आईएम६ मा पनि ४ लाख छुट दिने घोषणा गरेको छ । एस५ को मूल्य ४४ देखी ५५ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ भने आईएम६ लाई ७५ लाख पर्छ । छुटपछि आईमए६ को मूल्य ७१ लाख रुपैयाँ पर्छ । एस५ मा भने भेरिएन्ट अनुसार १ देखी ३ लाख ५० हजारसम्म छुट दिइएको हो ।

त्यसैगरी हेनरी भोल्ट्स ईभीमा २ लाख ५० हजारसम्म छुट पाउन सकिन्छ भने टोयोटाले ‘यारिस क्रस हाइब्रिड’ र भर्खरै सार्वजनिक गरेको ‘प्राडो एलसी २५०’ लाई मुख्य आकर्षण बनाएको छ । हाइब्रिड गाडीमा ८ लाखसम्म र प्राडोमा ११ लाखसम्मको छुट प्रदान गरिएको युनाइटेड ट्रेडर्स सिन्डिकेटले जनाएको छ । यी बाहेक एक्सपोमा अन्य बिक्रेताहरूले पनि नगद तथा अन्य छुट दिएका छन् ।
काठमाडौं– काठमाडौंको भृकुटीमण्डमा जारी नाइमा मोबिलिटी एक्सपोमा जगदम्बा...
काठमाडौं – सीएफमोटो तथा जिहोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले...
काठमाडौं–सोमाबार सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्सपाेमा राखिएका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...