९० दिनसम्म प्रत्येक १ मिनेटमा ८ वटा नयाँ कार बिक्री !

यस वर्षको फेस्टिब सिजनमा भारतीय अटो बजारले हालसम्मकै सर्बाधिक बढी कार बिक्रीको रेकर्ड कायम गरेको छ । ९० दिनसम्म चल्ने सो सिजनमा १० लाख बढी कार बिक्री भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टका अनुसार यस वर्षको फेस्टिब सिजनमा प्रत्येक १ मिनेटमा औषत ८ वटा नयाँ कार बिक्री भएका हुन्।

भारतीय मिडियाका अनुसार अगष्ट १७ देखी सुरु भएको सो सिजन अन्तर्गत नवरात्रीको दिनसम्म आइपुग्दा कुल ७ लाख कार बिक्री भएको थियो । त्यसपछिको वाँकी समयमा ३ लाख ३० हजार कार बिक्री भएको उल्लेख गरिएको छ । यसवर्षको फेस्टिब सिजनमा हाँसिल भएको सो बिक्री गत वर्षको सोही अवधीको तुलनामा २५ प्रतिशतसम्मले बढी रहेको जनाइएको छ ।

भारतीय अटो बिक्रीमा पछिल्लो समय एकपछि अर्को नयाँ रेकर्ड कायम हुँदै जाने क्रममा एउटै फेस्टिबल सिजनमा १० लाख बढी कार बिक्री भएको यो पहिलोपटक हो । यसपटक कारको बिक्री बढ्नुमा अधिकांश उत्पादकले उत्पादनलाई बढाउनु प्रमुख कारण रहेको रिपोर्टमा उल्लेख गरिएको छ । उत्पादन बढेसंगै बुकिङ लिएका ग्राहकले समेत कम समयको प्रतिक्षामै गाडी हात पार्न थालेका छन् ।

अघिल्ला सिजनमा जस्तै यसपटक पनि मारुती सुजुकीले सबैभन्दा धेरै कार बिक्री गरेको छ । ग्रामिण भेगमा माग बढेसंगै मारुतीको बिक्रीमा गत बर्षको सोही अवधीको तुलनमा ११ प्रतिशतले सुधार आएको छ । कुल बिक्रीमा मारुती सुजुकी एक्लैको ४४ प्रतिशत हिस्सा रहेको छ ।

भारतीय बजारमा कारको बिक्रीले नयाँ रेकर्ड कायम गरेपनि नेपालमा भने खासै उत्साह देखिएन । भदौदेखी सुरु भएको नेपालको फेस्टिबल सिजनमा तिहारसम्म आइपुग्दा एकाध ब्रान्डका इलेक्ट्रिक कारमा बाहेक अन्य ब्रान्डमा खासै उत्साह नदेखिएको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...