कार -याली पुग्यो चितवनदेखि मुक्तिनाथ सम्म

काठमाडौं –  कार -याली चितवनदेखि मुक्तिनाथ पुगेको छ । गत शुक्रबार चितवनबाट प्रस्थान गरेको सो -याली हिजो मुक्तिनाथ पुगेको हो ।

आन्तरिक पर्यटन प्रर्वद्धन, मोटर खेल विकास र सुरक्षित यात्राको सन्देश फैलाउने लक्ष्य बोकेर नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा ३ दिने मोटर र्याली 
सम्पन्न भएको हो ।

मोटर -यालीको संयोजकको रुपमा नेपाल अटोमोबाइल्स एसोसिएसन प्रदेश नम्बर ३ का अध्यक्ष राजनकुमार पिया क्रियाशील थिए ।

पहिलो पटक सहभागी बन्दा सहभागीहरु पनि निकै उत्साही बनेको र यो अवस्थामा देशभित्र नै केही गरौ भन्ने चाहनालाई मुर्तरुप दिनका लागि हाल चितवन–मुक्तिनाथ मोटर र्यालीको आयोजना गरिएको संयोजक पियाले बताए ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालबाट फ्ल्याग डाउन भए पश्चात र्याली प्रारम्भ भएको थियो । पहिलो पटक भएकाले सो र्याली टाइम, डिस्टेन्स र स्पिड अर्थात टीडीएसको आधारमा हुने भए पनि यसका लागि सहभागीहरुलाई सामान्य धारणा बसाल्ने गरी कार्य भएको थियो । चितवन देखि मुक्तिनाथको बीचमा विभिन्न ६ स्थानमा चेक प्वाइन्ट राखिएका थिए ।

हिजो विहान लेतेको बगरमा जिमखाना प्रतियोगिता भएको थियो । सो प्रतियोगितामा पहिलो र दोस्रो हुने विजेतालाई भविष्यमा साउथ इस्ट एसियन जिमखाना प्रतियोगितामा सहभागिताका लागि पठाइने छ । आज विहानको ब्रेकफास्ट पश्चात सहभागीहरु आफ्नै तरिकाले घुमफिरमा रमाउने छन् ।

-यालीलाई आर्थिक रुपमा मुख्य रुपले भरतपुर महानगरपालिका र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले सहयोग गरेको थियो । त्यसैगरी उद्योग वाणिज्य संघ चितवन, जश्मिन पेन्ट्स, एनवाईईएफ चितवन च्याप्टर र चितवनमा अवस्थित प्युजो गाडीको डिलर ओजोन मोटर्स, टाटा मोटर्सको डिलर सफल मोटर्स र इसुजु गाडीको डिलर कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज आदिले समेत सहयोग गरेका थिए ।

चितवन र मुस्ताङ दुवै पर्यटकीय क्षेत्र हुन् । धार्मिक रुपमा समेत लोकप्रिय मानिएका चितवनको देवघाट र मुस्ताङको मुक्तिनाथलाई जोड्न यो र्यालीले सहयोग गरेको र यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरेको यसले मोटर टुरिजमको प्रवद्र्धनमा सहयोग गर्ने पियाले बताए ।

गत साता नै आयोजना गर्ने तयारी भए पनि बेनी–जोमसोम सडक स्तरोन्नतिका लागि बन्द गरिएकाले यो साता मात्र -याली आयोजना गरिएको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...