यी कारको बिक्री बन्द भयो सन् २०२१ मा : इकोस्पोर्ट देखि यारिस सम्म

कोरोना महामारीका कारण सन् २०२१ सवारी साधन बजारमा निकै उतारचढाव आएको छ । कोरोना भाइरसको दोस्रो लहर र सेमीकन्डक्टर अभावका कारण अटो बिक्री घट्ने र कार लन्चमा ढिलाइ भएको थियो । २०२१ मा धेरै लोकप्रिय कारहरु भारतीय बजारमा बन्द भएका छन् । यसको असर नेपाली बजारमा समेत पर्ने निश्चित छ ।

भारतमा फोर्डले आफ्नो प्लान्ट बन्द गर्ने समाचार सार्वजनिक भए पछि यसले निकै चर्चा पायो । यससँगै नेपाली बजारमा समेत उपलब्ध फोर्डको इकोस्पोर्ट, एन्डेभर, फगो, फ्रिस्टाइल र एस्पायर लगायतका सवारी साधन अब उपलब्ध नहुने भएको छ । यद्यपि नेपाली बजारमा अन्य देशबाट उत्पादित फोर्डका सवारी साधन भने उपलब्ध हुने कम्पनीले बताइसकेको छ ।

विशेष गरी फोर्डको इकोस्पोर्ट धेरैले सम्झिने एसयूभी हो । सो एसयूभीले भारतमा सब–कम्प्याक्ट एसयूभीको चलन सुरु गरेको थियो । लामो समय सम्म अपग्रेड नगरिए पनि राम्रो बिक्री भइरहेको एसयूभी हो ।

त्यसैगरी स्कोडा -यापिड लन्च भएको लगभग एक दशक पछि यसको उत्पादन बन्द गरिएको छ । स्कोडा-¥यापिड कम्पनीको लाइन–अपमा सबैभन्दा धेरै बिक्री हुने कार थियो । यद्यपि, यसलाई जेनेरेशन अपडेट वा प्रतिस्थापनको कडा आवश्यकता थियो । अब कम्पनीले यसको सट्टामा स्कोडा स्लाभियालाई बजारमा उतारेको छ ।

यो वर्ष देखि उत्पादन बन्द गरिएको अर्को सवारी साधन हो टोयोटा यारिस । टोयोटा यारिस कम्प्याक्ट सेडान थियो । सो सेडान कार ३ वर्ष भित्रै बन्द गरिएको थियो । टोयोटा यारिसले कार खरिदकर्ताहरूमा स्थायी छाप छोड्न सकेन ।

सो कारको बिक्री घट्दै गएपछि कम्पनीले सो मोडल बन्द गर्ने निर्णय गरेको थियो । टोयोटा यारिस सेडानलाई मारुती सुजुकी सियाजमा प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ, जसलाई टोयोटा बेल्टा भनिनेछ ।

त्यसैगरी फक्सवागनले टी–रक कम्प्याक्ट एसयूभी बन्द गर्ने निर्णय गरेको छ । लामो समय सम्म चलेको भए पनि टोयोटाले यसको उत्पादन बन्द गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचारहरू

सुरुवाती मूल्य ३५ लाख भारुमा लन्च गरियो स्कोडा कोडियाक

सुरुवाती मूल्य ३५ लाख भारुमा लन्च गरियो स्कोडा कोडियाक

स्कोडाले आज भारतमा नयाँ कोडियाक लन्च गरेको छ । यो नयाँ एसयुभीको शुरुवाती...

फोर्स मोटर्सले भारतमा डेलिभरी दिन थाल्यो अफरोड एसयुभी गोर्खा

फोर्स मोटर्सले भारतमा डेलिभरी दिन थाल्यो अफरोड एसयुभी गोर्खा

फोर्स मोटर्सले अघिल्लो महिना सार्बजनिक गरेको गोर्खा एसयुभीकका ग्राहकलाई...

फोर्ड इन्डेभर अर्कै नामबाट भारतमा पुनरागमन हुन सक्ने, यस्ता हुनेछन् फिचर्स

फोर्ड इन्डेभर अर्कै नामबाट भारतमा पुनरागमन हुन सक्ने, यस्ता हुनेछन् फिचर्स

फोर्ड भारतीय बजारमा पुनरागमन हुने भएको छ । रिपोर्टका अनुसार कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...