लन्चअघि नै एमजी ०७ को माग उच्च, सेडानमा शीर्ष स्थान हासिल गर्ने लक्ष्य
काठमाडौं–चीनमा प्रि–सेल्स सुरु भएको २० घण्टाभित्रै २१ हजार भन्दा बढी...
काठमाडौं–भारतका अधिकांश अटो निर्माताले नयाँ वर्ष २०२५ को पहिलो दिनबाटै लागु हुनेगरी कारको मूल्य वृद्धि गर्ने घोषणा गरेका छन् । कम्पोनेन्टको मुल्य महंगो परेका कारण संचालन खर्च समेत बढ्न गएकाले मूल्य समायोजन गर्नुपरेको ती ब्रान्डको भनाई छ ।
हालसम्म भारतका चार ठूला अटो उत्पादक मारुती सुजुकी, हुन्डाई, टाटा र महिन्द्राले कारको मूल्य बढ्ने घोषणा गरिसकेका छन् भने बाँकीले पनि छिट्टै घोषणा गर्ने तयारी गरेको छ । मारुती सुजुकीले आफ्नो र एरेना र नेक्सा पोर्टफोलियोमा ४ प्रतिशतसम्म वृद्धि गर्ने बताएको छ । टाटाले पनि आफ्नो सम्पूर्ण लाइनअपमा ३ प्रतिशतसम्मले मुल्य बढाउने जनाएको छ । टाटाका अनुसार ईभीमा समेत मुल्य समायोजन गर्न लागिएको हो ।
यसैगरी, हुन्डाईले एसयूभीमा मात्र मुल्य वृद्धि गर्ने भएको छ । कम्पनीका अनुसार हुन्डाईका एसयुभी जनवरी १ देखि २५ हजार भारुसम्म महंगो पर्नेछ । कम्पनीले ह्याचब्याक र सेडान कारमा भने मूल्य नबढाउने बताएको छ ।
महिन्द्राले आफ्नो सम्पूर्ण लाइनअपमा मूल्य वृद्धि गर्ने घोषणा गरेको छ । जसअनुसार जवनरी १ देखि महिन्द्राका एसयुभी ३ प्रतिशतसम्मले महंगो हुनेछ । महिन्द्राले हालै लन्च गरेको दुई नयाँ ईभीको मूल्य समेत जनवरी महिना भित्रै सार्बजनिक हुने कम्पनी भनाई छ ।
एमजी मोटर इन्डियाले पनि आफ्नो सम्पूर्ण लाइनअपमा ३ प्रतिशतसम्म मूल्य बृद्धि हुने जनाएको छ । यसैगरी, निशानले २ प्रतिशतसम्म तथा बिएमडब्लु, अडि र मर्सिडिज बेन्जले पनि ३ प्रतिशतसम्मले मूल्य बृद्धि गर्ने घोषणा गरेका छन् ।
भारतीय बजारमा मुल्य बृद्धि भएपछि यसको सिधा असर नेपाली बजारमा समेत पर्नेछ । मुल्य बृद्धिका कारण भारतमा उत्पादन भई नेपाल भित्रिने मारुती सुजुकी, टाटा, हुन्डाई, महिन्द्रा, निसान र एमजीका कार नेपाल भित्रिँदा महंगो पर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...