यी हुन् कार पार्किङ सजिलो बनाउन उपयोगी पार्किङ फिचरहरु

कार पार्किङ गर्दा विशेषगरी कारको साइज र पार्किङ स्थलको बारेमा ध्यानमा राख्नुपर्छ । साँघुरो ठाउँमा पार्किङ गर्न निकै कठिनाई हुन्छ । कहिलेकाहीँ कुशल कार चालकले पनि यस्ता समस्याहरू सामना गरेका हुन्छन् । यद्यपि, ड्राइभिङलाई सहज बनाउन विभिन्न प्रविधिको विकास भइरहेको छ, जसका कारण साँघुरो ठाउँमा समेत सवारी साधन चलाउन र पार्किङ गर्न सहज भएको छ ।

३६० डिग्री क्यामेरा
३६० डिग्री क्यामेरा हालको कारमा सबैभन्दा लोकप्रिय र महत्वपूर्ण सेफ्टी फिचर मध्ये एक हो । ३६० डिग्री क्यामेराका कारण कारको वरपरको दृश्यलाई कार भित्रबाटै सजिलै देख्न सकिन्छ । यसले कार पार्किङ गर्न र चलाउन सहज बनाउँछ । ल्यान्ड रोभर र रेन्ज रोभर जस्ता लक्जरी एसयूभीमा अतिरिक्त अन्डरबडी क्यामेरा सिस्टमका साथमा उपलब्ध हुन्छ । जसलाई क्लियरसाइट ग्राउण्ड भिजन पनि भनिन्छ । यसले बोनट मुनि जमिनको सतहको दृश्य पनि देखाउँछ ।

पार्किङ सेन्सर
पार्किङ सेन्सर सवारी साधनमा पार्क असिस्ट टेक्नोलोजीको सबैभन्दा बढी प्रयोग हुने फिचर हो । सो फिचर इन्ट्री लेभल भेरिएन्टमा पनि उपलब्ध हुन्छ । साथै यसलाई पछि जडान गर्न पनि सकिन्छ । रियर पार्किङ सेन्सर सामान्य सेन्सर भए तापनि फ्रन्ट पार्किङ सेन्सर केही कारमा मात्र उपलब्ध हुन्छ । यी सेन्सरले कार र वस्तु बीचको दूरीको आधारमा कार पार्क गर्दा हाई पिच अडियो अलर्ट हुन्छ । साथै कार र वस्तु बीचको दूरी घट्दै जाँदा आवाज चर्को हुँदै जान्छ ।

पार्किङ क्यामेरा
यो फिचरले पार्किङ सेन्सर जस्तै काम गर्छ । तर यसले चालकलाई भिडियो मार्फत हेर्न मद्दत गर्छ । रियर वा फ्रन्ट पार्किङ क्यामेरा आधुनिक कारमा फिचरको रुपमा उपलब्ध छ । यो ३६० डिग्री क्यामेराले सुसज्जित कारमा उपलब्ध हुन्छ । रियर वा फ्रन्ट पार्किङ क्यामेराले क्रमशः कारको पछाडि वा अगाडिको लाइभ फिड दिन्छ, जसले सतहको अवस्था, वस्तु, उपलब्ध ठाउँ र समग्र वातावरणको दृश्य मूल्याङ्कन प्रदान गर्छ । इन्ट्री लेभल कारमा यो फिचर उपलब्ध हुँदैन । यो बजारमा सजिलै उपलब्ध हुन्छ र सजिलै जडान गर्न पनि सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...