इलेक्ट्रिक भेइकल फ्लिट अपरेसनका लागि एकैपटक ५० इलेक्ट्रिक गाडीको अर्डर

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक र स्पार्क ग्रुपको सहायक कम्पनी सेल्फ ड्राइभ नेपाल प्रालि बीच ५० युनिट इलेक्ट्रिक कार ई६ खरिद सम्बन्धी सम्झौता सम्पन्न भएको छ । यस अनुसार पहिलो चरणमा ५ युनिट इलेक्ट्रिक कार एक समारोहका बीच हस्तान्तरण गरिएको छ ।

बीवाईडी इलेक्ट्रिक भेइकलको रेन्टल पार्टनरको रुपमा सेल्फ ड्राइभले कार्य गर्नेछ । यसरी एकैपटक यति धेरै संख्यामा इलेक्ट्रिक गाडी अर्डर गरिएको यो दक्षिण एसियामै पहिलो उदाहरण भएको साइमेक्स इंकले बताएको छ ।

नेपालमा पनि आगामी दिनमा यसरी यति धेरै संख्यामा इलेक्ट्रिक कारलाई फ्लिट अपरेसनको लागि प्रयोग गरिने भएको छ र नयाँ उदाहरण हुनेछ । गाडी हस्तान्तरण समारोहमा साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले नेपालमा इलेक्ट्रिक सवारी प्रवद्र्धनका लागि आफूहरुले धेरै कार्य गरिरहेको बताउदै बीवाईडीका प्रदूषणमुक्त सवारी साधनमार्फत सुरक्षित, भरपर्दो र हरित यातायात सुविधा उपलब्ध गराउनका लागि सेल्फ ड्राइभलाई उपयुक्त देखेर सहकार्यको थालनी गरिएको बताए ।

सेल्फ ड्राइभका सीईओ रोशन पोखरेलले आरामदायिता, उपयुक्त रेन्ज र रेपिड चार्जिङका लागि बीवाईडी ई६ नै उपयुक्त भएको अनुभव गरेर दीर्घकालीन रुपमा सहकार्य गर्ने उद्देश्यका साथ कार्य प्रारम्भ गरिएको बताए ।

बीवाईडी र स्पार्क ग्रुपले आगामी दिनमा बीवाईडी ई६ मार्फत नेपालमा लक्जरी इलेक्ट्रिक भेइकल फ्लिट अपरेसन संचालन गर्नेछन् । यसबाट कर्पोरेट र प्राइभेट सबै प्रकारका ग्राहकले सुविधा पाउने विश्वास गरिएको छ । हाल ५ वटा कार हस्तान्तरण गरिएको छ र आगामी दिनमा अन्य कार समेत हस्तान्तरण गरिने बताइएको छ ।

नेपाली बजारमा पहिले देखि नै उपलब्ध बीवाईडी ई६ प्योर इलेक्ट्रिक फ्रन्ट ह्विल ड्राइभ युटिलिटी भेइकल तथा क्रसओभर एसयूभी हो । यसमा प्रशस्तै इन्टेरियर स्पेस छ भने ६ वटा एयरब्याग छन् । यो गाडीमा ९० किलोवाट इलेक्ट्रिक मोटर छ भने यसमा भएको ८० किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले सिंगल चार्जमा ४०० किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ ।

काठमाडौंको गुहेश्वरीमा रहेको स्पार्क ग्रुपको फ्यासिलिटीमा बीवाईडीको अत्याधुनिक सर्भिस सेन्टर समेत निर्माण गरिने बताइएको छ । आगामी मे महिनादेखि नै संचालनमा ल्याउने लक्ष्य राखिएको उक्त वर्कशपमार्फत ग्राहकले स्तरीय सर्भिस पाउने र बीवाईडीप्रति नेपाली ग्राहकले अझै राम्रो प्रतिक्रिया प्राप्त गर्न सफल हुने अपेक्षा गरिएको छ । यहाँ पहिले नै ४० किलोवाटको फास्ट चार्जर इन्स्टल भइसकेको छ ।

बीवाईडी ई६ ले सन् २०१६ मै चीनको बेस्ट सेलिङ प्योर इलेक्ट्रिक कार बन्न सफल भएको थियो भने सन् २०१५ मा हवाना इन्टरनेसनल फेयरमा ‘बेस्ट क्वालिटी प्रोडक्ट’ बन्न सफल भएको थियो । त्यसयता यसले विश्व स्तरका धेरै पुरस्कार पाइसकेको छ ।

सम्बन्धित समाचारहरू

एक मिटर चौडाई भएको सानो सिटी इलेक्ट्रिक कार आउँदै

एक मिटर चौडाई भएको सानो सिटी इलेक्ट्रिक कार आउँदै

सवारीसाधनको खपत वढेसंगै सडकदेखी पार्किङ स्थलसम्मै यस्ता साधनको...

भारतीय बजारमा रेनोको पहिलो इलेक्ट्रिक कार आउँदै, कस्तो असर गर्ला टाटाको ईभीलाई ?

भारतीय बजारमा रेनोको पहिलो इलेक्ट्रिक कार आउँदै, कस्तो असर गर्ला टाटाको ईभीलाई ?

टाटाले हाल भारतीय इलेक्ट्रिक कार बजारमा आफ्नो प्रभुत्व जमाइरहेको छ र हाल...

नाइमा मोबिलिटी एक्सपोमा ‘क्यारी’ ब्रान्डका ईभी भ्यान सार्बजनिक गर्दै  लक्ष्मी ग्रुप

नाइमा मोबिलिटी एक्सपोमा ‘क्यारी’ ब्रान्डका ईभी भ्यान सार्बजनिक गर्दै लक्ष्मी ग्रुप

काठमाडौँ – लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...