सेकेन्ड ह्यान्ड गाडीको समेत कारोबार गर्छन् यी कम्पनी, यस्तो हुन सक्छ ग्राहकलाई फाइदा

प्रयोगमा आइसकेका पुराना गाडीको कारोबारमा पछिल्लो समय आयातकर्ता कम्पनीले समेत चासो दिन थालेका छन् । नेपालमा हाल हुन्डाई, फोर्ड, टाटा र महिन्द्राले सेकेन्ड ह्यान्ड समेत भनिने यस्ता गाडीको कारोबार गर्न छुट्टै युनिट खडा गरेका छन् । हुन्डाईले एच प्रमिस, टाटाले सिप्रदी एस्योर्ड, फोर्डले फोर्ड एस्योर्ड र महिन्द्राले अग्नि आस्थामार्फत सेकेन्ड ह्यान्ड गाडीको कारेबार थालेका हुन् ।

सेकेन्ड ह्यान्ड गाडीमा ग्राहकको रुचि बढ्दै गएका कारण बजारमा यस्ता गाडीको मागमा समेत वृद्धि भएका कारण आयातकर्ता कम्पनीको चासो यस्ता गाडीको कारोबारमा बढ्न थालेको सहजै अनुमान लगाउन सकिन्छ । कम्पनीको आफ्नो छुट्टै युनिट हुँदा गाडीको मूल्यांकन बैज्ञानिक अवधारणामा गर्न सकिने र यसले खरिदकर्ता र बिक्रेता दुबै पक्षलाई फाइदा पुग्ने देखिएको छ । साथै यसले आफू मातहत कारोबार भैरहेको ब्रान्डका गाडीको वास्तविक रिसेल भ्यालु थाहा पाउन कम्पनीलाई सहज समेत हुने कम्पनीको भनाइ छ ।

यस्ता गाडीको कारोबार गर्न भनेर खुलेका रिकन्डिसन हाउसहरु बजारमा प्रशस्तै भेटिए पनि कम्पनी आफैले समेत यस्ता हाउस संचालनमा ल्याउनुको मुख्य उद्देश्य भने नयाँ गाडीको कारोबार बढाउनमा केन्द्रित रहेको पाइएको छ । नेपाली बजारमा सुजुकीले खोलेको ट्रयु भ्याल्यु यस प्रकारको पहिलो रिकन्डिसन हाउस भए पनि हाल यो सञ्चालनमा छैन । अहिले सिप्रदी एस्योर्ड बाहेक अन्य दुई कम्पनीले आफ्नो बाहेक अन्य ब्रान्डका यस्ता गाडी खरिद गरिरहेको पाइदैन । यी कम्पनीले आफ्नै ब्रान्डको सेकेन्ड ह्यान्ड गाडी खरिदबिक्री गर्ने अर्थात पुरानोसँग नयाँको एक्सचेन्ज गर्दै आइरहेका छन् ।

केही समयअघि मात्र संचालनमा आएको अग्नि आस्थाका महाप्रबन्धक अमित चौधरीले कम्पनीले तत्कालका लागि महिन्द्रा ब्रान्डको मात्र कारोबार थालेको बताए । उनले भने, ‘बजारमा महिन्द्रा ब्रान्डको रिसेल भ्यालु उच्च रहेपनि गाडीको कन्डिसनका बारेमा ग्राहक ढुक्क हुने अवस्था थिएन । तर हामीले कारोबार थालेपछि पुराना गाडीमा समेत वारेन्टी र सर्भिसिङको ग्यारेन्टी दिइरहेका छौ । जसका कारण ग्राहकहरु अग्नि आस्थामा आकर्षित बनिरहेका छन् ।’

यो कम्पनीले सेकेन्ड ह्यान्ड गाडीका लागि छुट्टै सेल्स, सर्भिस र स्पेयर पार्ट्सको युनिट खडा गरेर कारोबार गरिरहेको छ । जसका कारण अग्नि आस्थामार्फत यस्ता गाडी खरिदबिक्री गर्ने ग्राहकले ब्रान्ड न्यु गाडी खरिद गरे सरह अनुभव बटुल्न सक्ने चौधरीले दाबी गरे ।

गाडीको मोडल, उत्पादन मिति, गुडेको किलोमिटरलाई आधार मानेर अनुमानित मूल्यांकन गर्ने र पछि गाडीको सम्पूर्ण मेकानिकल र इलेक्ट्रिकल पक्षको चेकजाँच गरेपछिमात्र वास्तविक मूल्यांकन आउने यी कम्पनीहरुको भनाइ छ । सिप्रदी एस्योर्डका डीजीएम ध्रुव रेग्मीले आफूहरुले सबै कम्पनीका पुराना गाडी लिएर टाटाको नयाँ गाडी उपलब्ध गराउने बताए । यसरी बैज्ञानिक तवरबाट मूल्यांकन गरेपछि कम्पनीले खरिद गरेको पुरानो गाडीमा मर्मतसम्भार गर्नुपर्ने आवश्यक भए मर्मतसम्भार गरेर गाडीलाई पूर्णतया कन्डिसनमा ल्याएर बिक्रीका लागि राखिन्छ । यसरी राखिएको गाडीलाई इन्जिनमा केही समयको वारेन्टी सुविधा सहित निर्धक्क भएर ग्राहकले खरिद गर्न सक्ने भनाइ छ । कम्पनी आफैले यस्ता गाडीको कारोबार थालेपछि अहिले बजारमा टाटा प्यासेन्जर कारको रिसेल भ्यालु समेत बढिरहेको र यसले नयाँ कारको बिक्रीमा समेत सकारात्मक प्रभाव पारिरहेको उनले दाबी गरे ।

सेकेन्ड ह्यान्ड गाडीको माग सबैभन्दा बढी रहेको सुजुकी र हुन्डाईले भने यस्ता गाडीको कारोबार प्रत्यक्ष रुपमा गर्नुभन्दा पनि एक्सचेन्जमा बढी फोकस भएर कारोबार अघि बढाएका छन् । बजारमा अहिले यी दुई ब्रान्डको रिसेल भ्यालु सबैभन्दा उच्च रहेको छ । उच्च रिसेल भ्यालुका कारण अन्य रिकन्डिसन हाउसमा समेत सहजै खरिद बिक्री हुने कारण पनि उनीहरुको चासो खरिद बिक्रीमा भन्दा पनि एक्सचेन्जमा बढी देखिएको अनुमान लगाउन सकिन्छ । त्यसैगरी फोर्डले समेत एक्सचेन्जमै बढी केन्द्रित भएर कारोबार अघि बढाएको पाइएको छ ।

हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले लक्ष्मी ग्रुप स्थापना भएको १० वर्ष पुगेको अवसरमा सन् २०१९ को फेब्रुअरी १४ मा हुन्डाई प्रोमिस अर्थात एच प्रोमिस नामक रिकन्डिसन हाउस स्थापना गरेको हो । एच प्रोमिस नेपालका बिजनेस हेड प्रमोद ढुंगेलले आफूहरुले हुन्डाई गाडीको भ्याल्युएसन अरुले गरेर नघटाउन् र वास्तविक भ्यालुएसन ग्राहकले पाउन् भन्ने आफूहरुको चाहना अनुरुप नै एच प्रोमिसको स्थापना गरेको बताए । उनले भने, ‘हाल नेपाली सडकमा करिब ५० हजार हुन्डाई गाडी गुडिरहेका छन् । हामीले ती गाडीधनीले भविष्यमा हुन्डाई गाडी नै चढुन् भन्ने चाहन्छौ । त्यसैगले करिब ७ वर्ष सम्म प्रयोग भएका पुराना गाडी हामी नै लिएर ती गाडीका इन्जिन, गियरबक्स, पेन्ट आदि दुरुस्त बनाउछौ र आवश्यक जेन्युइन स्पेयर पार्ट्स समेत प्रयोग गर्छौ । त्यसैले हामीले बिक्री गर्ने यस्ता गाडी ग्राहकले ढुक्क भएर लिन सक्छन् र बिक्रेता तथा क्रेता दुवैले उचित मूल्य पाउन सक्छन् ।’

ग्राहकलाई फाइदा के ?
गाडीको कन्डिसन, इन्जिनको अवस्था, उचित मूल्यांकन र नामसारी लगायत अन्य विविध पाटोे यो व्यावसायको सबैभन्दा महत्वपूर्ण पक्ष हुन् । तर केही व्यवसायीको बद्मासी गर्ने नियतका कारण यी पक्षमा उचित ध्यान र समन्वय मिलाउन नसक्दा कतिपय ग्राहकले यस्ता गाडीको कारोबारमा समस्या समेत भोग्नु परेको पाइन्छ । इन्जिन खराब भैसकेको गाडीलाई उच्च मुनाफाको प्रलोभनमा परेर ग्राहकलाई गलत जानकारी दिई बिक्री गर्दा कतिपय यस्ता ग्राहकले गाडी किनेको केही हप्ताभित्रै ठूलो रकम इन्जिन मर्मतमा खर्च गर्नुपरेको प्रशस्तै उदाहरणहरु भेटिन्छन् । यस्ता गाडीको बिक्रीमा कुनै वारेन्टी नदिने हुँदा पछि समस्या आउँदा ठगिनुको विकल्प समेत रहँदैन ।

यसका बावजुद कम्पनीको आफ्नै युनिटमार्फत खरिद गर्दा शुरुमा केही रकम बढी तिर्नुपरे पनि गाडी समस्यारहित पाउन सकिन्छ । पछि समस्या आएको खण्डमा कम्पनी जवाफदेही हुने हुँदा ग्राहकले अनावश्यक तनाव लिनुनपर्ने अग्नी आस्थाका चौधरी बताउँछन् । उनी भन्छन, ‘गाडी खरिद गर्दा नै हामीले राम्रोसँग चेकजाँच गरेर लिन्छौ । त्यसपछि पनि वर्कशपमा लगेर राम्रोसँग मर्मतसम्भार गरेपछि मात्र बिक्रीका लागि उपलब्ध गराउने र त्यसमा पनि केही समयसम्मको वारेन्टी र सर्भिसिङको ग्यारेन्टी गर्ने हुँदा ग्राहकलाई पछि समस्या हुँदैन । खरिद गर्दा शुरुमा लोकल रिकिन्डसन हाउसको तुलनामा केही महंगो पर्ने भएपनि ग्राहकले पछि अनावश्यक तनाव बेहोर्नु पर्दैन ।’

सम्बन्धित समाचारहरू

स्थापना दिवस अवसरमा लक्ष्मी ग्रुपले मनायो ४८औं कर्पोरेट एन्ड थ्याङ्क्स गिभिङ डे

स्थापना दिवस अवसरमा लक्ष्मी ग्रुपले मनायो ४८औं कर्पोरेट एन्ड थ्याङ्क्स गिभिङ डे

काममाडौं -सन् १९७३ मा मिठाई उत्पादनबाट व्यवसायिक यात्रा थालेको लक्ष्मी...

क्रेटालाई टक्कर दिन आउँदैछन् यी ५ नयाँ एसयुभी

क्रेटालाई टक्कर दिन आउँदैछन् यी ५ नयाँ एसयुभी

बजारमा अहिले सबैभन्दा बढी माग भएको सेग्मेन्ट हो मिडसाइज एसयुभी । यो...

इतिहास: थोमस एडिसनको कम्पनी छाडेपछि हेनरी फोर्डले सुरु गरेका थिए फोर्ड कम्पनी

इतिहास: थोमस एडिसनको कम्पनी छाडेपछि हेनरी फोर्डले सुरु गरेका थिए फोर्ड कम्पनी

विश्वको सबैभन्दा ठुलो कार कम्पनी मध्येको एक फोर्ड र बत्तीको बल्बको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...