यी हुन् अटो शोमा देख्न पाईने नयाँ कार

काठमाडौं–३ दिनपछि सुरु हुने नाडा अटो शोमा यसपटक चारपाङ्ग्रे सवारी साधनबाट कुल २४ वटा ब्रान्डले सहभागीता जनाउने भएका छन् । यी मध्ये सुजुकी बाहेक अन्य सबै ब्रान्डसंग ईभी हुनेछ । केही ब्रान्डले कम्वसन सहित ईभीको समेत प्रदर्शन गर्ने तयारी गरेका छन् । मेलामा १ दर्जनभन्दा बढी ब्रान्डका नयाँ ईभी लन्च हुनेछन् भने केही ब्रान्डले मेलामा शोकेस गर्नकै लागी भनेर प्रिमियम कार समेत ल्याउने योजना बनाएका छन् । सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले नयाँ स्विफ्ट लन्च गर्ने जनाएको छ ।

मेलामा हाल बजारमा बिक्री हुँदै आएका बीवाइडी, टाटा, हुन्डाई, एमजी, नेटा, स्काईवेल, किया महिन्द्रा, दिपल, सेरेस, जीएसी एवोन, ओमोडा र सिट्रोन लगायत कार ब्रान्डको सहभागिता हुने भएको छ । यसैगरी, अवतार, जेको, जिकर, डोङफेङ नामी, केई, लिप मोटर, रिडारा, भोल्ट्स र एक्सपेङ जस्त नयाँ ब्रान्ड पहिलोपटक नेपाल भित्रिने तयारीमा छन् ।

मेलामा बीवाइडीले एटो–३ को २०२४ मोडल लन्च गर्ने तयारी गरेको छ । यसैगरी एमजीले जेडएस इभी, एमजी–४ र कोमेट ईभीसंगै नयाँ प्रिमियम कार साइवरस्टरलाई शोकेस गर्ने तयारी गरेको छ ।

टाटाले आफ्नो वहुप्रतिक्षित माइक्रो एसयूभी पन्च ईभीलाई औपचारिक लन्च गर्ने जनाएको छ । टाटाको स्टलमा दर्शकले नयाँ मोडल पन्चसंगै हाल बिक्री हुँदै आएका नेक्सन र टियागो ईभीलाई समेत अवलोकन गर्न पाउनेछन् ।

सिजी मोटर्सले नेपाल ल्याएको एक्सपेङ,रिडारा र अवतार ब्राण्ड मेलास्थलबाटै औपचारिक लन्च हुने तयारीमा छन् । यसैगरी एमएडब्लु ग्रुपले डोङफेङ ब्रान्ड अन्तर्गतको नामी ईभीलाई प्रदर्शनीमा राख्नेछ भने दिपलको प्रिमियम सेडान कार एल०७ र अर्को नयाँ मोडल समेत लन्च हुनेछ ।

ओमोडा ईभी बिक्री गर्दै आएको शारडा ग्रुप अन्तर्गतको एसपिजी अटोमोबाइल्सले अर्को नयाँ ब्रान्ड जेकोको अफरोडर एसयूभी जे६ लाई औपचारिक लन्च गर्ने तयारी गरेको छ । साथै, सोही ग्रुप अन्तर्गतको अर्को कम्पनी पायोनियर मोटोकर्पले जिकर ब्रान्डलाई औपचारिक रुपमा सार्बजनिक गर्ने जनाएको छ ।

हुन्डाई गाडी बिक्री गर्दै आएको लक्ष्मी ग्रुप अन्तर्गतको नयाँ कम्पनी लक्ष्मी ई–मोविलिटीले मेला स्थलबाटै केई ब्रान्डका तीनवटा मोडल लन्च गर्ने तयारी गरेको छ । यसैगरी, भोल्ट्स ईभीको बिक्रेता एस क्यूव इन्टरप्राइजेजले सो ब्र्रान्डको नयाँ ह्याचब्याक कार एचईभी ४०० लन्च गर्नेछ भने सांग्रिाल मोटर्सले लिप मोटरको नयाँ एसयुभी सी–१० सार्बजनिक गर्ने तयारी गरेको छ ।

नेटाले हाल बिक्री गर्दै आएको भी मोडलसंगै नयाँ एसयूभी एक्स मोडललाई समेत प्रदर्शन गर्ने तयारी गरेको छ । सेरेसले सेरेस३ को फेसलिफ्ट, स्काईवेलले ईटी५, कियाले ईभी६ र ईभी९, हुन्डाईले आयोनिक५ तथा कोना ईभी, महिन्द्राले एक्सयुभी ४००, ओमोडाले ई५, सिट्रोनले ईसी३ र जीएसी एवोनले वाई मोडल लगायत ईभी प्रदर्शन गर्नेछन् ।

मेलामा यसपटक जीप, स्कोडा, होन्डा, फक्सवागन, टोयोटा, सुवारु, प्रोटोन, मित्सुविसी, टेस्ला, औडी र विएमडब्लू लगायत ब्रान्ड भने सहभागी हुनेछैनन् । यी ब्रान्डसंग नयाँ मोडलका कार उपलब्ध नभएका कारण सहभागी हुन अनिच्छुक देखिएको अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

एसेम्बलिङ्ग उद्योगहरुलाई दिदै आएको महशुल छुटलाई निरन्तरता दिन नाडाको ध्यानाकर्षण

एसेम्बलिङ्ग उद्योगहरुलाई दिदै आएको महशुल छुटलाई निरन्तरता दिन नाडाको ध्यानाकर्षण

काठमाडौं – सरकारले ल्याउन लागेको बजेटमा सवारी साधन एसेम्बलिङ्ग...

जेन–जी प्रदर्शनबाट अटोमोबाइल व्यवसायमा गम्भीर क्षति : व्यवसायीले दिए उच्च अभिव्यक्ति

जेन–जी प्रदर्शनबाट अटोमोबाइल व्यवसायमा गम्भीर क्षति : व्यवसायीले दिए उच्च अभिव्यक्ति

देशभर जेन–जीले गरेको प्रदर्शनको क्रममा अन्य क्षेत्र जस्तै अटोमोबाइल...

यातायातमन्त्री महासेठलाई नाडाको २६ बुँदे सुुझाव पेश

यातायातमन्त्री महासेठलाई नाडाको २६ बुँदे सुुझाव पेश

काठमाडौं । अटोमोवाइल क्षेत्रका विभिन्न समस्या सम्बन्धमा छलफल भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...