कार एसी बन्दैछ साइलेन्ट किलर, कसरी गर्ने आफ्नो सुरक्षा ?

मानिसहरु गाडी चलाउँदा एसीको प्रयोग गर्छन् । गर्मीबाट बच्न धेरै मानिसहरु घण्टौंसम्म गाडीमा एसी चलाएर बस्छन् । तर यो बानी मानिसको मृत्युको कारण पनि बनिरहेको छ । कार एसीले मानिसको ज्यान लिइरहेको छ र एक हिसाबले साइलेन्ट किलर बनेको छ । लामो समयसम्म एसी चलाउँदा कारभित्र सवार व्यक्तिको मृत्यु भएको यस्ता धेरै घटना बाहिर आएका छन् ।

एसी अन गरेर कारभित्र सुत्नु झनै खतरनाक
धेरै मानिस एसी चलाएर कारमा सुत्छन् । एसी चलाउँदा झ्याल बन्द रहन्छ जसका कारण गाडीमा ग्यास भरिन थाल्छ । तर यो ग्यास क्याविनभित्र कसरी आउँछ भन्ने ठूलो प्रश्न हो । वास्तवमा एसी चलाउनको लागि गाडीको इन्जिन चलिरहनुपर्छ । धुवाँसँगै कारको इन्जिनबाट कार्बन मोनोअक्साइड जस्ता विषालु ग्यासहरू निस्कन्छन् ।

यो ग्यास एकदमै कम मात्रामा बाहिर निस्कन्छ तर बिस्तारै कारको खाली ठाउँबाट केबिनमा प्रवेश गर्छ । झ्यालहरू बन्द भएकाले यो ग्यास भित्रै रहन्छ । यसले रगतमा अक्सिजनको मात्रा धेरै कम गर्छ जसका कारण निसास्सिएर मानिसको मृत्यु हुन्छ ।

कसरी जोगिने ?
कारमा सुत्नु कुनै पनि हिसाबले सुरक्षित मानिदैन । विशेष गरी, कार भित्र धेरै बेर बस्नु हुँदैन । कारभित्र सुत्न बाध्य भए पनि झ्यालहरू पूर्ण रूपमा बन्द गर्नुहुँदैन । यसले कार भित्र ताजा हावा प्रवाह गरिरहनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...