फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न

पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन  गर्न  सकिने अवस्थामा पुगेको हो ।

अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको उक्त केबलकार सञ्चालनमा आएपछि फेवाताल, शान्ति  स्तूप,  हरियाली  वनजङ्गल  र  माछापुच्छ्रे हिमालको  सुन्दरता  एकैपटक  आनन्द  लिन सकिनेछ । कोरना  सङ्क्रमणको  हालको  अवस्थामा सुधार भएपछि केबलकार परीक्षण   गरिने अन्नपूर्ण  केबलकारका  सञ्चालकमध्येका  एक तीर्थराज  त्रिपाठीले  बताए ।

गत  वर्ष  नै निर्माण  सम्पन्न  गर्ने  तयारीमा  रहेको  केबलकार कोरोना  भाइरस  सङ्क्रमणका  कारण  एक  वर्ष ढिलो गरी सम्पन्न भएको उनको भनाइ छ । त्रिपाठीका  अनुसार  केबलकारका  लागि हाल  १८  वटा  गुन्डला  (डिब्बा)  रहेका  छन् भने  थप  गरेर  ३६  वटासम्म  पु¥याउन  सकिने कम्पनीले  जनाएको  छ ।

हाल  जडान  गरिएका १७  वटा  डिब्बा  यात्रुका  लागि  र  एउटा  डिब्बा सामान बोक्नका लागि प्रयोग हुनेछ । प्रत्येक  डिब्बामा   एक   पटकमा आठ जनासम्मले  यात्रा  गर्न  सक्छन् ।  फेवाताल किनार  सेतीबगरदेखि  सराङकोटाको  डाँडासम्म करिब  आठ  मिनेटमै  पुग्न  सकिनेछ । एक घण्टामा  एक  हजार  पाँच  सय  जनाले  आउजाउ गर्न  सक्नेछन् ।  केही  दिनअघि  केबलकारको लठ्ठा  दुई  मिनेट  चलाएर  परीक्षण  गरिसकेको त्रिपाठीले बताए ।

गोरखापत्र

सम्बन्धित समाचारहरू

बीवाईडी सिलायन ७ बन्यो अष्ट्रेलियाको बेस्ट–सेलिङ ईभी, जर्मनीमा पछि प-यो टेस्ला

बीवाईडी सिलायन ७ बन्यो अष्ट्रेलियाको बेस्ट–सेलिङ ईभी, जर्मनीमा पछि प-यो टेस्ला

अप्रिल महिनामा बीवाईडीले जर्मनीमा १ हजार ५६६ युनिट गाडी बिक्री गरेको छ । यो...

३० मिनेट चार्जमा ५०० किमी रेन्जसहितको टाटाको नयाँ इलेक्ट्रिक कार

३० मिनेट चार्जमा ५०० किमी रेन्जसहितको टाटाको नयाँ इलेक्ट्रिक कार

टाटा मोटर्सले नयाँ इलेक्ट्रिक भेइकल प्लेटफर्ममा आधारित नयाँ कन्सेप्ट कार...

अब नेपाली बजारमा २.२ किलोवाट आवर भेरिएन्टको टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर, मूल्य पनि कम

अब नेपाली बजारमा २.२ किलोवाट आवर भेरिएन्टको टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर, मूल्य पनि कम

काठमाडौं – नेपालका लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...