नेपाल भित्रियो इटालीको प्रसिद्ध हेल्मेट क्याबर्ग, राइडर्स भ्यालीले बिक्री गर्ने

काठमाडौं – अटोमोटिभ कम्पोनेन्ट र स्पेयर पार्ट्सको प्रमुख वितरकको रुपमा परिचित भावना बिजनेस लिंकले नेपाली बजारमा क्याबर्ग हेल्मेट र एसेसरिज भित्र्याएको घोषणा गरेको छ । देशभरका मोटरसाइकल सेफ्टी र स्टाइलका पारखीहरुका लागि यो एक महत्वपूर्ण कदम भएको कम्पनीले बताएको छ ।

प्रसिद्ध इटालियन ब्रान्ड क्याबर्ग सुरक्षा र अत्याधुनिक प्रविधिका लागि प्रतिबद्ध तथा इनोभेटिभ हेल्मेट डिजाइनका लागि परिचित छ । इन्टरनेसनल सेफ्टी स्ट्यान्डर्ड अनुसार फिचर उपलब्ध गराएर कम्फर्ट र स्टाइलमा कुनै सम्झौता नगरी राइडरहरुका लागि विशेष सुरक्षा प्रदान गर्ने कार्य क्याबर्ग हेल्मेटले गरेको छ ।

फुल फेस देखि मोडुलर हेल्मेट सम्मका विभिन्न रेन्जका हेल्मेट उपलब्ध गराएर नेपाली बाइकिङ कम्युनिटीलाई सुरक्षा प्रदान गरिने कम्पनीको भनाइ छ । नेपाली बजारमा ड्रिफ्ट इभो टु, टुरम्याक्स एक्स, एभ्यालोन एक्स र फ्रि राइड एक्स मोडल उपलब्ध हुनेछन् ।

नेपाली बजारमा क्याबर्ग हेल्मेट उपलब्ध गराउन पाएकोमा खुसी लागेको राइडर्स भ्यालीका म्यानेजिङ डाइरेक्टर राजनराज पुरीले बताए । राइडरहरुका लागि सेफ्टी जहिले पनि प्राथमिकता हुने र इटालियन शिल्प कौशल सहित अत्याधुनिक सेफ्टी फिचर सहितको हेल्मेट उपलब्ध गराएको उनले बताए । राइडरहरुका लागि आगामी दिनमा थप गुणस्तरीय उत्पादन समेत उपलब्ध गराउदै जाने उनले बताए ।

भावना बिजनेस लिंकले लामो समय देखि नेपाली बजारमा सेफ राइडिङ प्राक्टिसलाई बढावा दिने कार्यमा प्रतिबद्ध रहेको र क्याबर्गको हाई क्वालिटी हेल्मेट उपलब्ध गराउनु यसैतर्फको अर्को कदम भएको बताइएको छ ।

मोटरसाइकल स्पोर्ट्स र कम्युनिटी बढिरहेको समयमा राइडरहरुका लागि भरपर्दो गियरको समेत आवश्यकता हुन्छ । यही आवश्यकता पुरा गर्ने कार्यमा क्याबर्गले समेत भूमिका खेल्ने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

रसुवागढी नाकाबाट भित्रिन थाले कन्टेनर

रसुवागढी नाकाबाट भित्रिन थाले कन्टेनर

रसुवा – रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थाले पश्चात सीमा...

साझा यातायातले अपडेट सहित ल्यायो साझा प्लस एप, बसको रुट र अन्य विवरण हेर्न सकिने

साझा यातायातले अपडेट सहित ल्यायो साझा प्लस एप, बसको रुट र अन्य विवरण हेर्न सकिने

काठमाडौं – साझा यातायातले अपडेट सहितको नयाँ एप ‘साझा प्लस’ ल्याएको छ । उक्त...

डकाई ब्रान्डका स्पेयर पार्ट्स नेपालमा उपलब्ध हुने

डकाई ब्रान्डका स्पेयर पार्ट्स नेपालमा उपलब्ध हुने

काठमाडौं – भारतको प्रतिष्ठित स्पेयर पार्ट्स ब्रान्ड ‘डकाई’ नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...