नाइमा एक्सपोमा प्रोटोन ई.मास५ मुख्य आकर्षण, बुकिङ गर्नेको संख्या बढ्दै
काठमाडौँ — प्रोटोनले हालै नेपाल ल्याएको नयाँ विद्युतीय कार ई.मास५...
बीवाईडीले आफ्ना इलेक्ट्रिक र प्लग-इन हाइब्रिड कारको मूल्यमा ठूलो कटौतीको घोषणा गरेपछि बजारमा हलचल देखिएको छ। कम्पनीले २२ वटा मोडलको मूल्य घटाएको घोषणा गरेलगत्तै यसको शेयर मूल्यमा ८.२५ प्रतिशतसम्मको गिरावट आएको छ। यस घटनाले लगानीकर्तामा इलेक्ट्रिक सवारी साधन क्षेत्रमा मूल्य युद्ध सुरु हुने आशंका जन्माएको छ।
बीवाईडीको चर्चित सिगल ह्याचब्याक कारको मूल्यमा झण्डै २० प्रतिशत कटौती गरिएको छ, जसपछिको मूल्य ५५ हजार ८०० युआन अर्थात ७ हजार ७८० डलरमा झरेको छ। त्यस्तै, सिल ड्युअल-मोटर सेडान कारमा झण्डै ३४ प्रतिशतको भारी छुट दिइएको छ र यसको नयाँ मूल्य १ लाख २ हजार ८०० युआन तोकिएको छ।
कम्पनीको यो रणनीति ग्राहकलाई आकर्षित गर्ने उद्देश्यले गरिएको हो। रिपोर्टका अनुसार मूल्य कटौतीको दुई दिनभित्र बीवाईडीका शोरूममा ३० देखि ४० प्रतिशतसम्म ग्राहकको आगमन वृद्धि भएको देखिएको छ ।
तर विश्लेषकहरूका अनुसार, यो मूल्य कटौतीले प्रतिस्पर्धी कम्पनीको बजार हिस्सामा तत्काल गम्भीर असर नपार्ने जानकारी दिएको छ । विशेषतः २ लाख युआनभन्दा कम मूल्यको ईभी खण्डमा प्रतिस्पर्धा सीमित रहेकोले, अन्य कम्पनी अझै केही हदसम्म सुरक्षित हुनेछ ।
हाल बीवाईडीका शेयर विभिन्न बजारमा दबाबमा छ । एक्सएसटीयूमा यसको मूल्य ६.२२ प्रतिशत घटेर ४८.९९ यूरोमा पुगेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...