नयाँ प्लेटफर्म ल्याउँदै बीवाइडी, ईभीको मूल्य कम हुने

चिनियाँ ईभी निर्माता बीवाइडीले नयाँ प्लेटफर्म ल्याउने तयारी थालेको छ । हाईब्रिड र ब्याट्री इलेक्ट्रिक दुबै भर्सनका लागी कम्पनीले नयाँ प्लेटफर्म ल्याउन लागेको हो । नयाँ प्लेटफर्म आएपछि ईभीको मूल्यमा भारी कटौती हुने अनुमान गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार हाईब्रिड र ब्याट्री इलेक्ट्रिक दुबै भर्सनमा हाल प्रयोग हुँदै आएको डीएम–आई र ई–प्लेटफर्मलाई अद्यावधिक गर्न लागिएको हो । अद्यावधिक गरिएको डीएम–आई प्लेटफर्मले हाईब्रिड मोडलमा इन्धनको पूर्ण ट्याङ्की र पूर्ण ब्याट्री चार्जमार्फत २ हजार किलोमिटरसम्म रेन्ज पाउन सकिने आँकलन गरिएको छ ।

यसैगरी ईभी मोडलमा हाल प्रयोग हुँदै आएको ई–प्लेटफर्म ३.० लाई अपग्रेड गरी ४.० भर्सन ल्याउने तयारी कम्पनीले गरेको छ । सो नयाँ प्लेटफर्मममा थोरै तार हार्नेसहरु उपलब्ध हुने हुँदा लागत कम हुने अनुमान गरिएको छ ।

कम्पनीसंग हाल सबैभन्दा सस्तो ईभीका रुपमा सिगुल ह्याचब्याक उपलब्ध छ । जसको मूल्य १० हजार डलरभन्दा कम पर्ने जनाइएको छ । बीवाइडीले आगामी तीन वर्षमा ग्यासबाट चल्ने कारहरूको समेत बजार हिस्सा बृद्धि गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

वाडा अटो शो २०२६ मा बीवाईडीद्वारा विशेष अफर घोषणा, यस्ता छन् अफर

वाडा अटो शो २०२६ मा बीवाईडीद्वारा विशेष अफर घोषणा, यस्ता छन् अफर

पोखरा – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले वाडा अटो शो...

पाँच वर्षभित्र विश्वको सबैभन्दा ठूलो अटोमेकर बन्ने बीवाईडी अध्यक्षको खुलासा

पाँच वर्षभित्र विश्वको सबैभन्दा ठूलो अटोमेकर बन्ने बीवाईडी अध्यक्षको खुलासा

आगामी पाँच वर्षभित्र आफ्नो कम्पनी विश्वको सबैभन्दा ठूलो अटोमेकर बन्ने...

एमपीभी सेगमेन्टमा बीवाईडी एम६ को दमदार इन्ट्री, एकै पटक १०० डेलिभरीले दिएको संकेत

एमपीभी सेगमेन्टमा बीवाईडी एम६ को दमदार इन्ट्री, एकै पटक १०० डेलिभरीले दिएको संकेत

काठमाडौं– निजी र व्यावसायिक दुवै प्रयोजनमा प्रयोग गर्न मिल्ने ७ सिटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...