नाडा अटो शोमा बीवाईडीले ७ सिटर एमपीभी ‘एम६’ ल्याउने

काठमाडौं– बीवाइडीको नयाँ कार एम६ नेपाल आउने भएको छ । आगामी भदौ ११ गतेदेखी शुरु हुने नाडा अटो शोमा सो ७ सिटर मल्टि प्रपोज भेइकल(एमपीभी) सार्बजनिक हुने आधिकारिक वितरक साइमेक्स इंक स्रोतले जनाएको छ ।

चीनमा यसअघि लेफ्ट ह्यान्ड ड्राइभमा मात्र उपलब्ध रहँदै आएको यो कारलाई बीवाईडीले हालसालै राइट ह्यान्ड ड्राइभ सिस्टममा समेत ल्याएपछि नेपाल आउने बाटो खुला भएको हो । बीवाइडीले यसलाई सङ म्याक्स हाईब्रिडमा आधारित भएर उत्पादन गर्दै आएको छ । यो कार ४.७ मिटर लामो, १.८१ मिटर चौडा र १.८८ मिटर अग्लो छ । साथै यसको ह्विलवेश २.७८ मिटर छ ।

एम६ मा ७१.७ किलोवाट आवरको ब्लेड ब्याट्री जडान गरिएको छ । ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ५२२ किलोमिटर रेन्ज पाइने कम्पनी दावी छ । चीनमा ४ वटा भेरिएन्टमा उपलब्ध एम६ को कुन भेरिएन्ट नेपाल आँउछ भन्ने विषयमा हालसम्म टुंगो भने लागिसकेको छैन ।

सम्बन्धित समाचारहरू

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा : शुरुमा १ करोड र गाडी बिक्रीवापत १० हजार राखिने

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा : शुरुमा १ करोड र गाडी बिक्रीवापत १० हजार राखिने

काठमाडौं – बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु...

फर्चुन ग्लोबल ५०० सूची अन्तर्गत २१२ नम्बरका साथ ग्लोबल लिडर बन्दै बीवाईडी

फर्चुन ग्लोबल ५०० सूची अन्तर्गत २१२ नम्बरका साथ ग्लोबल लिडर बन्दै बीवाईडी

विश्वमै सबैभन्दा बढी ईभी बिक्री गर्ने कम्पनी बीवाईडीले सन् २०२३ का लागि...

विश्वमा बिक्री भएका टप १० ईभी मध्ये ५ बीवाईडी र २ टेस्लाका इलेक्ट्रिक कार

विश्वमा बिक्री भएका टप १० ईभी मध्ये ५ बीवाईडी र २ टेस्लाका इलेक्ट्रिक कार

मार्केट रिसर्च एजेन्सी काउन्टरप्वाइन्ट रिसर्चले सार्वजनिक गरेको पछिल्लो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...