लोमान्थाङ पुग्ने पहिलो इलेक्ट्रिक पिकअप वन्यो जेएसी टी८
नेपाली बजारमा विक्री हुँदै आएको इलेक्ट्रिक पिकअप जेएसी टी८ ले लोमान्थाङ...
एक प्रतिवेदनका अनुसार २०३० सम्ममा विश्वमा बिक्री हुने सवारी साधनको कम्तीमा ३० प्रतिशत हिस्सा चिनियाँ अटोमोबाइल ब्राण्डको हुनेछ ।
प्रतिवेदनले दशकको अन्त्यसम्ममा युरोप र रुसमा चिनियाँ ब्राण्डको प्रवेश दोब्बर हुनेछ भने दक्षिणपूर्वी एसियामा तीन गुणा र मध्यपूर्व र अफ्रिकामा चौगुना हुने उल्लेख गरेको छ । मेक्सिकोमा छिट्टै २० प्रतिशत बजार हिस्सा चिनियाँ ब्राण्डले लिने जनाइएको छ ।
विश्वव्यापी बिक्रीको एक तिहाइ हिस्सा ओगट्ने प्रयास स्वपरुप चिनियाँ ब्राण्डले अहिले विश्वका विभिन्न देशमा उत्पादन यूनिट लगाइरहेको छ । चीनका प्रख्यात ब्राण्डहरु बीवाईडी, ग्रेट वाल, जीली, चेरी र एसएआईसी एमजी जस्ता ब्राण्डले अहिले मेक्सिको, ब्राजिल र युरोपमा उत्पादन प्लान्ट स्थापन गरिसकेका छन् ।
अमेरिकाले चिनियाँ ईभीमा अत्याधिक कर बृद्धि गरेपछि अहिले मेक्सिकोमा उत्पादन प्लान्ट स्थापना हुने ट्रेन्ड नै चलेको छ । मेक्सिकोमा प्लान्ट स्थापना भएपछि अमेरिकाले चिनियाँ ईभीहरूमा लागू गरेको करको कुनै अर्थ नरहने उल्लेख गरिएको छ ।
अमेरिकामा ५० हजार डलर पर्ने कारलाई अहिले चीनले ११ हजार डलरमै उपलब्ध गराउन थालिसकेको छ । निकै नै सस्तो मूल्यका कारण पनि ढिलोचाँडो अमेरिकन बजारमा पनि चिनियाँ ब्राण्डकै वर्चश्व बढ्ने देखिन्छ ।
नेपाली बजारमा विक्री हुँदै आएको इलेक्ट्रिक पिकअप जेएसी टी८ ले लोमान्थाङ...
मारुतीले सानो इलेक्ट्रिक एसयूभीमा काम गरिरहेको छ । सो कारको कोडनेम मारुती...
काठमाडौं – बीएमडब्ल्युको इलेक्ट्रिक कार पहिलो पटक नेपाली बजारमा भित्रिने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...