बीवाईडीद्वारा नयाँ भेरिएबल–फ्लक्स मोटर प्रविधिसम्बन्धी चारवटा नयाँ पेटेन्ट सार्वजनिक
चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले भेरिएबल–फ्लक्स...
बीवाईडीले आफ्नो ओसियन शृङ्खला अन्तर्गत दुई नयाँ हाई–इन्ड फ्ल्यागशिप मोडल सील ०८ सेडान र सिलायन ०८ एसयूभीको को टिजर सार्बजनिक गरेको छ । यी दुबै मोडेल २०२६ को पहिलो त्रैमासिकमा नयाँ बीवाईडी प्रविधिहरू सहित अनावरण गरिने तालिका छ ।
दुबै मोडेल ओसियन एस कन्सेप्ट कारमा आधारित छन्, जुन अप्रिल २०२५ को शाङ्घाई अटो शोमा डेब्यू गरिएको थियो । दुबै कारमा ओसियन एस्थेटिक २.० डिजाइन ल्यांग्वेजको नयाँ जेनेरेशन प्रस्तुत गरिएको छ ।
बीवाईडीले फेब्रुअरीको सुरुमा चीनमा आफ्नो सील ०८ इलेक्ट्रिक सेडानको लागि बिक्री इजाजतपत्रको लागि आवेदन दिएको थियो । जसअनुसार यस कारको लम्बाई ४७२० मिमी, चौडाई १८८० मिमी र उचाई १४९५ मिमी तथा ह्वीलबेस २८२० मिमी हुनेछ ।
सील ०८ को इन्ट्री–लेभल ट्रिममा बीवाईडीद्वारा विकसित इलेक्ट्रिक मोटर टिजेड१८०एसएक्सआर राखिएको छ, जसको अधिकतम पावर आउटपुट ११० किलोवाट छ । कारमा ४६.१ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री प्याक जडान गरिएको छ । यस ट्रिमले ४७० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
अर्को शक्तिशाली ट्रिममा टिजेड२००एक्सएसबीई इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले १६० किलोवाट आउटपुट गर्दछ । यस ट्रिममा बीवाईडीले ५६.६ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री जडान गरेको छ, जसको अधिकतम रेन्ज ५४५ किलोमिटर दाबी गरिएको छ ।
सिलायन ०८ को सन्दर्भमा, यस नयाँ कारको लम्बाइ ५०४० मिमी र ह्वीलबेस लगभग २९५० मिमी हुनेछ । चिनियाँ समाचार आउटलेट १६३ का अनुसार, यस कारमा २+३+२ गरी कुल सात–सिटर लेआउट हुनेछ । सिलायन ०८ को हकमा भने कम्पनीले ब्याट्री प्याक, मोटर क्षमता र अन्य प्राबिधिक विवरणहरु बाहिर ल्याएको छैन ।
चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले भेरिएबल–फ्लक्स...
काठमाडौं–बिवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आकर्षक अफर...
विश्वमै सर्बाधिक बिक्री भएको रेकर्ड कायम गरिरहेको बीवाईडीले पछिल्लो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...