म्यानचेस्टर सिटी फुटबल क्लबको अफिसियल अटोमोटिभ पार्टनर बन्यो बीवाईडी
विश्वप्रसिद्ध ईभी निर्माता कम्पनी बीवाईडी इङ्लिस प्रिमियर लिग क्लब...
बीवाईडीले २०२६ मा चीन बाहिर १३ लाख सवारी साधन बिक्री गर्ने लक्ष्य लिएको छ । कम्पनीले सांघाई मिडिया कार्यक्रममा बयान दिँदै यसबारे जानकारी दिएको हो ।
बीवाईडीको उक्त लक्ष्य सन् २०२५ मा निर्यात गरिएको कुल कारको तुलनामा २५ प्रतिशत बढि हो । यो घोषणाले गत वर्षको तीव्र वृद्धिपछि बीवाईडीको अन्तर्राष्ट्रिय विस्तारमा नयाँ बेन्चमार्क तयार हुने अपेक्षा गरिएको छ ।
बीवाईडीका ब्रान्डिङ तथा जनसम्पर्क विभागका महाप्रबन्धक ली युनफेईले २०२६ मा निर्यात १३ लाख युनिट पुग्ने बताएका हुन् । यो घोषणा शनिबार सांघाईमा भएको मिडिया ब्रीफिङका क्रममा गरिएको हो ।
बीवाईडीले २०२५ मा ४६ लाख युनिट न्यू इनर्जी भेइकल बिक्री गरेको थियो । जसमा २२ लाख ६० हजार युनिट ब्याट्री इलेक्ट्रिक भेइकल र बाँकी प्लग–इन हाइब्रिड मोडल थिए । ब्याट्री इलेक्ट्रिक चीनबाहिर धेरै निर्यात भएको थियो भने प्लग–इन–हाइब्रिड आन्तरिक बजारमा बढि खपत भएका थिए ।
त्यसैगरी, २०२५ मा प्यासेन्जर भेइकल र पिकअप ट्रकसहित १० लाख ४ हजार युनिटभन्दा बढी ईभी निर्यात भएको थियो । कम्पनीले युरोपमा आफ्नो उपस्थितीलाई मजवुट बनाउँदै ल्याटिन अमेरिका र दक्षिणपूर्व एशियामा बजार प्रवेश र बिक्रीलाई पनि तीव्र बनाएको छ । बीवाईडीका सवारीसाधन हाल विश्वका ११० भन्दा बढि देशमा विक्री हुँदै आएका छन् ।
विश्वप्रसिद्ध ईभी निर्माता कम्पनी बीवाईडी इङ्लिस प्रिमियर लिग क्लब...
काठमाडौं – नेपाली बजारमा बीवाईडीको प्लग इनँ हाइब्रिड पिकअप शार्क ६...
चिनियाँ अटोमेकर बीवाईडीले अनलाइन मानहानि गरेको आरोपमा ३७ जना कन्टेन्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...