वर्षको सुरुमै एलन मस्कलाई झड्का, बीवाईडीले बेच्यो टेस्ला भन्दा धेरै गाडी

टेस्ला मालिक एलन मस्कलाई सन् २०२४ को सुरुवातमै नराम्रो झड्का लागेको छ । चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले अमेरिकी प्रतिस्पर्धी कम्पनी टेस्लाले भन्दा धेरै विद्युतीय कार बेचेको तथ्य बाहिरिएको छ । दुई कम्पनीबिच विश्वको ईभी बजारको शीर्ष स्थानमा को रहने भन्ने होडबाजी चलिरहँदा यस्तो त्रैमासिक तथ्याङ्क बाहिरिएको हो ।

सन् २०२३ को अन्तिम तीन महिनामा बीवाईडीले संसारभरमा ब्याट्रीबाट मात्रै चल्ने ५ लाख २६ हजार ४०९ थान कार बेचेको छ । यही अवधिमा टेस्लाले भने ४ लाख ८४ हजार ५०७ युनिट कार बेचेको छ । यद्यपि यो पहिले भन्दा २० प्रतिशत बढी कार बिक्री हो । यो श्रेणीमा बीवाइडीले टेस्लालाई उछिनेको यो पहिलो त्रैमास हो ।

२०२३ भरि चाँहि बीवाईडीले भन्दा टेस्लाले धेरै विद्युतीय कार बेचेको छ । अक्टोबर–डिसेम्बर त्रैमासमा कम्पनीले ४ लाख ८४ हजार ५०० थान विद्युतीय कार बेचेको टेस्लाले मंगलबार बताएको थियो । वर्षभरिमा भने कम्पनीले १८ लाख थान विद्युतीय कार बेचेको छ ।

२०२३ भरिमा कम्पनीका २० लाख थान कार विक्री हुने अनुमान गरिएको वर्षको सुरुमा कम्पनीका सीईओ तथा संस्थापक एलन मस्कले भनेका थिए ।

वर्षभरिमा बीवाईडीले भने विद्युतीय र हाइब्रिड दुवै गरेर ३० लाख थान कार बेचेको छ ।कम्पनीले बेचेको कूलमध्ये १६ लाख थान कार विद्युतीय थिए ।

गत ८ वर्ष देखि नै बीवाईडी प्रमुख ईभी निर्माता कम्पनी बनेको छ । सन् २०१५ मा निसान लिफलाई पछि पारेर टेस्लाले यो स्थान हासिल गरेको थियो ।

सम्बन्धित समाचारहरू

मध्यपूर्व द्वन्द्वले चिनियाँ अटो निर्यातमा बाधा, दुबईमार्फत हुने निर्यातमा ठूलो धक्का

मध्यपूर्व द्वन्द्वले चिनियाँ अटो निर्यातमा बाधा, दुबईमार्फत हुने निर्यातमा ठूलो धक्का

मध्यपूर्वमा द्वन्द्व तिव्र हुँदै जाँदा चिनियाँ अटोमेकरहरूले आफ्नो...

सेरेसले सार्वजनिक ग-यो बजारमा आउने एइटो एम८ को एक्सटेरियर, आउन सक्छ नेपाल

सेरेसले सार्वजनिक ग-यो बजारमा आउने एइटो एम८ को एक्सटेरियर, आउन सक्छ नेपाल

चिनियाँ सवारी साधन निर्माता कम्पनीले सेरेसले नयाँ ब्रान्ड एइटोको नयाँ...

भक्तपुरको सल्लाघारीमा खुल्यो बीवाईडीको नयाँ शोरुम

भक्तपुरको सल्लाघारीमा खुल्यो बीवाईडीको नयाँ शोरुम

बीवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...