अटो शोमा बुकिङ लिएका ग्राहकले पाउन थाले डल्फिन

काठमाडौं– नाडा अटो शो–२०२३ मा बीवाइडी डल्फिन वुकिङ लिएका ग्राहकले गाडी हात पार्न थालेका छन् । बीवाइडीको नेपालका लागि आधिकारिक बितरक साइमेक्स इंक प्रालिले पहिलो चरणमा ५० वटा डल्फिन ग्राहकलाई हस्तान्तरण गरेको जनाएको छ । अटो शोमा ३ सय बढी ग्राहकले यो इलेक्ट्रिक ह्याच ब्याकलाई बुकिङ गरेका थिए ।

आकर्षक लुक्स एवं डिजाइन र अत्याधुनिक विशेषताका कारण यो कार अहिले नेपाली अटो बजारमा हटकेक वनिरहेको छ । ३९ लाख ८० हजार रुपैयाँमा बिक्री हुँदै आएको यसको मूल्य निकै नै आकर्षक रहेको ईभी पारखीले बताउँदै आएका छन् ।

बीवाइडीले यसमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री र ७० किलोवाटको मोटर जडान गरेको छ । यसको ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३४० किलोमिटर रेन्ज पाउन सकिने दावी गरिएको छ । यसको टर्क १८० एनएम रहेको छ । डल्फिनको लम्बाई ४०७० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको छ ।

यसमा निकै लामो २७०० एमएमको ह्विलबेस पाउन सकिन्छ । १८५ एमएमको ग्राउन्ड क्लियरेन्स भएको बीवाईडी डल्फिनमा १६ इन्चको अलोय ह्विल प्रयोग गरिएको छ ।

यसमा फ्ल्याट वटम मल्टी फङसनल स्टेयरिङ ह्विल, ५ इन्चको फूल एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, १२.८ इन्चको फ्लोटिङ टचस्कृन, ३६० डिग्री क्यामेरा, भेहिकल टु लोड (भीटुएल), इलेक्ट्रिकल्ली एड्जस्ट गर्न मिल्ने सिट, पछाडिको यात्रुलाई आर्मरेष्ट, प्यानारोमिक सनरुफ जस्ता फिचर पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

कार वास गर्दा यी ६ भागमा क्षति हुनबाट जोगाउन यसरी दिनुस् विशेष ध्यान

कार वास गर्दा यी ६ भागमा क्षति हुनबाट जोगाउन यसरी दिनुस् विशेष ध्यान

हालको समयमा कारमा धेरै उत्कृष्ट र प्रिमियम फिचर उपलब्ध हुन थालेको छ । यी...

टाटाले सञ्चालनमा ल्यायो ‘ईभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्र, भ्रमण कार्यक्रम सम्पन्न

टाटाले सञ्चालनमा ल्यायो ‘ईभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्र, भ्रमण कार्यक्रम सम्पन्न

कठमाडौं – टाटा मोटर्स लिमिटेडको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

लोकप्रिय

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...