मारुती सुजुकीले देखायो इलेक्ट्रिक एसयूभी इभीएक्सको कन्सेप्ट
मारुती सुजुकीले आज आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी इभिएक्सको कन्सेप्ट...
काठमाडौं– नाडा अटो शो–२०२३ मा बीवाइडी डल्फिन वुकिङ लिएका ग्राहकले गाडी हात पार्न थालेका छन् । बीवाइडीको नेपालका लागि आधिकारिक बितरक साइमेक्स इंक प्रालिले पहिलो चरणमा ५० वटा डल्फिन ग्राहकलाई हस्तान्तरण गरेको जनाएको छ । अटो शोमा ३ सय बढी ग्राहकले यो इलेक्ट्रिक ह्याच ब्याकलाई बुकिङ गरेका थिए ।
आकर्षक लुक्स एवं डिजाइन र अत्याधुनिक विशेषताका कारण यो कार अहिले नेपाली अटो बजारमा हटकेक वनिरहेको छ । ३९ लाख ८० हजार रुपैयाँमा बिक्री हुँदै आएको यसको मूल्य निकै नै आकर्षक रहेको ईभी पारखीले बताउँदै आएका छन् ।
बीवाइडीले यसमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री र ७० किलोवाटको मोटर जडान गरेको छ । यसको ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३४० किलोमिटर रेन्ज पाउन सकिने दावी गरिएको छ । यसको टर्क १८० एनएम रहेको छ । डल्फिनको लम्बाई ४०७० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको छ ।
यसमा निकै लामो २७०० एमएमको ह्विलबेस पाउन सकिन्छ । १८५ एमएमको ग्राउन्ड क्लियरेन्स भएको बीवाईडी डल्फिनमा १६ इन्चको अलोय ह्विल प्रयोग गरिएको छ ।
यसमा फ्ल्याट वटम मल्टी फङसनल स्टेयरिङ ह्विल, ५ इन्चको फूल एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, १२.८ इन्चको फ्लोटिङ टचस्कृन, ३६० डिग्री क्यामेरा, भेहिकल टु लोड (भीटुएल), इलेक्ट्रिकल्ली एड्जस्ट गर्न मिल्ने सिट, पछाडिको यात्रुलाई आर्मरेष्ट, प्यानारोमिक सनरुफ जस्ता फिचर पाउन सकिन्छ ।
मारुती सुजुकीले आज आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी इभिएक्सको कन्सेप्ट...
बीवाईडी सिगलले चिनमा सर्बाधिक बिक्री हुने कारको सुचिमा पहिलो स्थान आगटेको...
लामो समयदेखि भारतमा टेस्ला इलेक्ट्रिक कार लन्च गर्ने विषयमा छलफल भइरहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...